लुटपाटमा सङ्लग्न दुई भारतीय हतियारसहित पक्राउ « Khabarhub

लुटपाटमा सङ्लग्न दुई भारतीय हतियारसहित पक्राउ


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बुटवल – रुपन्देही प्रहरीले लुम्बिनीमा लुटपाट गर्ने दुई भारतीयलाई हतियारसहित पक्राउ गरेको छ । गत असोज २३ गते लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्सा महिलावारको नवजीवन स्कुल अगाडि दुवै जनाले हतियार देखाइ लुटपाट गरेका थिए ।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार दुवै जना लु५०प ७५९ नम्बरको मोटरसाइकलमा सवार रहेका थिए । उनीहरुले लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मोग्लहास्थित लुम्बिनी रेमिट एण्ड कम्युनिकेशनका कर्मचारीबाट रु १० लाख ९० हजार लुटेका थिए ।

प्रहरीले यही कात्तिक १० गते दुवैजनालाई कोटहीमाई गाउँपालिका–१ सिपवाबाट पक्राउ परेको रेग्मीले बताए । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको गोरखपुरका चालक २८ वर्षीय सुनीलकुमार सहनी र सोही ठाउँका २६ वर्षीय शशीकान्त भट्ट रहेका छन् ।

उनीहरुबाट प्रहरीले एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल, एउटा पेस्तोल, म्याग्जिन, पाँच राउण्ड गोली, कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने गोली, मोबाइल तथा परिचयपत्र बरामद गरेको छ । पक्राउ परेका दुवैलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ०० बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार