पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना « Khabarhub

पाँच वर्षमा वार्षिक २५ लाख पर्यटक भित्र्याउने एमालेको योजना


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)ले आगामी पाँच वर्षभित्र वार्षिक २५ लाख विदेशी पर्यटक पु¥याउने महत्वकांक्षी घोषणापत्र ल्याएको छ ।

आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणपत्र आज सार्वजनिक गर्दै एमालेले गुणस्तरीय पर्यटकको सङ्ख्यामा वृद्धि गर्दै पर्यटकको सङ्ख्या वार्षिक २५ लाख पु¥याउने नीति लिएको हो । नेपाललाई आकर्षक अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको एमालेले विश्व बजारमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

‘पर्यटन र संस्कृतिः राष्ट्रको समुन्नति’ भन्ने नाराका साथ पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरी पर्यटकको बसाइ अवधि लम्ब्याउन र प्रतिपर्यटक खर्च वृद्धि गर्न पर्यटनका पूर्वाधार निर्माण तथा सुधार गरिने एमालेको योजना छ । ‘पर्यटन सेवाको विस्तार गरिने छ । नेपाली कूटनीतिक नियोगलाई पर्यटन प्रवर्द्धनमा परिचालन गरी पर्यटनसम्बन्धी उच्च अध्ययन र आवश्यक जनशक्ति तयार गर्न विश्वविद्यालय स्थापनासहित आवश्यक व्यवस्था गरिने छ’, घोषणापत्रमा भनिएको छ ।

पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिनुका साथै प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवर्द्धन, विकास र संरक्षण गर्ने एमालेको नीति छ । त्यसैगरी सेवा उद्योगको विकास र विस्तारमा तीव्रता ल्याई होटल, रेस्टुरेण्ट एवं हवाई सेवालगायत पर्यटन पूर्वाधार निर्माणलाई गतिशील बनाउने योजना रहेको छ ।

जैविक र पर्यावरणीय विविधतासहितको इको टुरिजमलाई प्रवर्द्धन गरिनुका साथै नेपाली चलचित्रको प्रवद्र्धन, विकास र विस्तार गर्ने योजना बनाएको एमालेले सम्भावनाका आधारमा सबै प्रदेशमा फिल्मसिटी निर्माण गरिने घोषणपत्रमा प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : २५ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी