बेलबारी अन्तर्राष्ट्रिय फुटबल : उद्घाटन खेलमा झापा विजयी « Khabarhub

बेलबारी अन्तर्राष्ट्रिय फुटबल : उद्घाटन खेलमा झापा विजयी


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ- पाँचौँ बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उद्घाटन खेलमा झापाले विराटनगरको पेम्बा युथ क्लबलाई १–० गोलअन्तरले हराउँदै विजयी सुरूआत गरेको छ ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको खेलमा झापा विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । झापाका लागि रेजिन सुब्बाले निर्णायक गोल गरेका थिए । उनले खेलको ५०औँ मिनेटमा गोल गरेका थिए ।

विराटनगरले भने जवाफी गोल फर्काउन सकेन । राष्ट्रिय खेलाडी संलग्न दुवै टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । विराटनगले पटक पटक गोल गर्ने अवसर पाए पनि चुक्यो । खेलको म्यान अफ दी म्याच झापाका गोलरक्षक दीप कार्की घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

बुधबार भारतको एमएमएफसी पश्चिम बङ्गाल र सिरहाको सहलेस युथ क्लबबीच खेल हुने प्रतियोगिताका प्रवक्ता नरेन्द्र बस्नेतले जानकारी दिए । आगामी कात्तिक २५ गतेसम्म हुने उक्त प्रतियोगितामा नेपालका सात तथा विदेशी तीन टोली सहभागी छन् । विराटनगर, झापासँगै डाँगीहाट युथ क्लब लक्ष्मीमार्ग, साहारा क्लब पोखरा, सशस्त्र प्रहरी बल काठमाडौँ, सहलेस युथ क्लब सिरहा र राजारानी फुटबल क्लब धनकुटा तथा भारतको एमएमएफसी पश्चिम बङ्गाल, युनाइटेड ब्रदर्श कालिङम्पोङ र क्यामरुनको एभिनीयर फुटबल क्लब सहभागी छन् ।

प्रतियोगिताको चौथो संस्करणको उपाधि सशस्त्र प्रहरीले जितेको थियो । विजेताले रु आठ लाख एक हजार र उपविजेताले रु चार लाख एक हजार पुरस्कार प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी तथा मिडफिल्डरलाई जनही रु १५ हजार तथा उत्कृष्ट प्रशिक्षकलाई रु ३५ हजार प्रदान गरिनेछ । प्रतियोगिताको उद्घाटन बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले गरेका थिए । खेलको मुख्य प्रायोजक बुद्ध एयर तथा सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ९ : ५२ बजे

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगसम्मका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।