ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह « Khabarhub

ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य सङ्घसहित देशका निजी क्षेत्रसँग सम्बद्ध सङ्घरसंस्थाहरूले आपत्ति जनाउँदै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने लगायतका माग राख्दै सङ्घर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका लागि सङ्घका अध्यक्ष प्रजापतिको संयोजकत्वमा एक सय एक सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  १० : ५५ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार