मानव अङ्ग दानलाई अभियानका रुपमा अगाडि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

मानव अङ्ग दानलाई अभियानका रुपमा अगाडि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मानव अङ्ग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्ने बताएका छन्।

मारवाडी सेवा समितिले आज पशुपति गौशाला धर्मशालामा आयोजना गरेको ‘८२ औँ गोपाष्टमी उत्सव–२०७९’को अवसरमा उनले किड्नीलगायतका अङ्ग फेल भएर बसेकाको पुनर्जन्म हुने भएकाले मृत्यु पर्यन्त अङ्गदान गर्ने कार्यलाई अभियानको रुपमा अघि बढाउन उपयुक्त हुने बताए ।

मन्त्री श्रेष्ठले दान गरिएको अङ्गले मान्छेको पुनर्जन्म गराउने र उनीहरुको स्वस्थ जीवनले मुलुकलाई समृद्ध बनाउन योगदान पु¥याउने भएकाले पनि मानव अङ्ग दान अतिआवश्यक रहेको बताए ।

‘हामीसँग भएका केही अङ्ग यस्ता छन्, जसले मृत्युपछि पनि काम गर्दछन्, त्यस्ता अङ्गलाई दान गरे नयाँ कुनै व्यक्तिले नयाँ जीवन प्राप्त गर्न सक्छन्’, उनले भने । अङ्ग दान गरेर अरुको जीवन दान गर्नु ठूलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ११ : ०३ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६