अर्याललाई उछिन्दै ६५४ मतले अघि लागे गुरुङ « Khabarhub

स्याङ्जा–२ :

अर्याललाई उछिन्दै ६५४ मतले अघि लागे गुरुङ


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्दै गुरुङ अघि लागेका हुन्।

यसअघि अर्यालले सुरुवाती अग्रता बनाएकी थिइन् । अहिले कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्दा अर्यालले तीन हजार दुई सय ४७ मत पाएकी छन् ।

निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको छ ।

यसैगरी क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले बताए ।

दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ । निर्वाचन सम्पन्न भएको दश दिन पछि स्याङ्जा–२ मा मतगणना सुरु भएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ९ : १७ बजे

राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

प्रधानमन्त्री शाहले कार्यवाहक राजदूत मेगनलाई भने : नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्छ

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

अमेरिकाले इजरायललाई २ अर्ब ८० करोड डलरको हतियार बिक्री गर्ने

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इजरायललाई करिब २ अर्ब ८० करोड

मिसाइल हानेर साउदीको लडाकु विमान खसालेको हुथीको दाबी

साना- यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाको एफ–१५ लडाकु विमान खसालेको

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

काठमाडौं– स्तन क्यान्सरसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको