राष्ट्रिय क्रिकेटमा लुम्बिनीद्वारा प्रदेश–१ पराजित | Khabarhub Khabarhub

राष्ट्रिय क्रिकेटमा लुम्बिनीद्वारा प्रदेश–१ पराजित


१५ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई पराजित गरेको छ ।

आज भएको खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई ६ विकेटले पराजित गरेको हो । प्रदेश–१ ले दिएको ७० रनको लक्ष्य लुम्बिनीले १६ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा देव खनालले सर्वाधिक १९ रनको योगदान दिए भने आकाश त्रिपाठीले १७ रन जोडे । त्यस्तै प्रज्वल थापाले १५ रन बनाउँदा विशाल भुसाल ८ रनमा अविजित रहे ।

हारसँगै प्रदेश-१ भने प्रतियोगिताबाट बाहिरिएको छ । प्रदेश–१ का लागि कप्तान दिपेश कँडेलले तीन विकेट लिए भने विपीन महतोले १ विकेट लिए । त्यसअघि पहिले टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ६९ रनमा समेटिएको थियो ।

प्रदेश १ का लागि शुभम गहतराजले २२ रन जोडे भने स्टाइन रिजालले १९ रन बनाए । त्यसबाहेकका अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका निर्मल गुरुङले ५ विकेट लिए भने दुर्गेश गुप्ताले २ तथा अभिषेक गौतम र तुलबहादुर थापाले समान १|१ विकेट लिए । जितसँगै लुम्बिनीले ५ खेलबाट ८ अङ्क बनाएको छ । समान ५ खेलबाट ४ अङ्क भएको प्रदेश १ चौथो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

प्रतियोगितामा मधेस प्रदेश, बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार  ३ : २६ बजे

बेपत्ता पारिएका व्यक्तिलाई न्याय दिन नयाँ विनियमावली ल्याइने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीला देवी गड्तौलाले

इरानमाथि आक्रमणको विरोधमा इराकमा हजारौंको प्रदर्शन, तेहरानमा उच्च अधिकारी पनि निस्किए सडकमा

बग्दाद / तेहरान – इरानमा सातादेखि जारी इजरायली आक्रमणको विरोधमा

विदेश जाने र विदेशबाट देश निकालामा पर्ने पाकिस्तानीको सङ्ख्या बढ्दै

काठमाडौं– पछिल्लो समय पाकिस्तानबाट विदेश जानेहरुको सङ्ख्या ह्वात्तै बढेको पाइएको

‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पूर्वघोषित आन्दोलनका कार्यक्रम