‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई « Khabarhub

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप भलिबलको पुरुषतर्फको उपाधि गण्डकी प्रदेश भलिबल सङ्घले जितेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा आज सम्पन्न फाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गरेर गण्डकी च्याम्पियन बनेको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको गण्डकीले त्यसपछिका तीन सेटमा पुनरामगन जित निकाल्दै उपाधि जित्न सफल भयो । गण्डकीले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–२२ र चौथो सेट २५–१७ ले जित निकाल्यो । यससँगै अघिल्लो संस्करणको फाइनलमा पुलिससँग बेहोरेको हारको बदला गण्डकीले लिन सफल भयो ।

च्याम्पियन बनेको गण्डकीले ट्रफीसहित रु छ लाख ६६ हजार ६६६ पायो । उपविजेता पुलिसले रु तीन लाख ६६ हजार ६६६ मा चित्त बुझायो । यसैगरी प्रतियोगितामा तेस्रो भएको पर्वत जिल्ला भलिबल सङ्घले रु दुई लाख छ हजार ६६६ पायो । तेस्रो स्थानका लागि भएको खेलमा पर्वत भलिबलले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा गण्डकीका मुस्ताफा खान सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु २६ हजार ६६६ पाए ।

यसैगरी उत्कृष्ट सर्भर गण्डकीका अद्नान खान, लिविरो नेपाल पुलिसका भीमबहादुर गाहा, सेटर गण्डकीका बलराम गुरुङ, ब्लकर गण्डकीका फहद राज, स्पाइकर पर्वत भलिबल सङ्घका फकर वाट्टु, प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए । उनी हरुले जनही रु ११ हजार १११ प्राप्त गरे ।

विजेता टोली तथा विधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पोखरा महानगर प्रमुख धनराज आचार्य, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मा लगायतले पुरस्कार वितरण गरे ।

यसअघि शुक्रबार सम्पन्न महिलातर्फको फाइनल खेलमा उपाधि न्यू डायमन्ड स्पोर्ट्स क्लबले जितेको थियो । जसमा नेपाल पुलिस क्लब उपविजेता र थाइल्यान्ड क्विन्स तेस्रो बने । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ ९ गतेदेखि सुरु भएको च्याम्पियनसिपमा पुरुषतर्फ छ र महिलातर्फ पाँच टोली सहभागी भएका थिए ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १० : ५२ बजे

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको

भोटकोशी बाढी : एक हजारभन्दा बढी सवारीसाधनमा क्षति

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी

त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए

चितवन – चीनको स्वशाषित क्षेत्र तिब्बतबाट हुँदै भोटेकोशीमा गएको बाढीसँगै

भोटेकोशी बाढी : तनहुँमा ६ शव भेटिए

तनहुँ – भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा