विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए | Khabarhub Khabarhub

विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एक दिनमा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ लाख ७६ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

फ्रान्समा २ लाख १९ हजार, बेलायतमा एक लाख ६२ हजार, अमेरिकामा १ लाख ६१ हजार, इटली एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

यही अवधिमा ४ लाख २२ हजार जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८१७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ८४७, पोल्याढडमा ५०५, अमेरिकामा २५७, बेलायतमा १५४, टर्कीमा १४५, मेक्सीकोमा १४३, इटलीमा १११ र फ्रान्समा ११ जना रहेका छन् ।

कोरोनामुक्त हुनेको संख्या बेलायतमा ५० हजार, फ्रान्समा ४३ हजार, जर्मनीमा ३५ हजार, रुसमा ३३ हजार, टर्कीमा २३ हजार र इटलीमा २० हजारभन्दा बढी छन् ।

यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ९६ लाख, ५३ हजार नाघेको छ । तीमध्ये २५ करोड ४१ लाख ११ हजारभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ५६ हजार जना संक्रमितको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : १२ बजे

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा

जेन-जीको आन्दोलनमा कहाँ चुक्यो सरकार ?

काठमाडौँ- एकातिर निजामती कर्मचारी विधेयकको कुलिङ पिरियड गडबडीमा दोषी देखिएका

गोली प्रहार गरेको अभियोगमा एकजना पक्राउ

पर्सा – सशस्त्र प्रहरी बल नेपाल पर्साले महिलालाई गोली हानेको

दिनभर जेन-जीको प्रदर्शन : कहाँ के भयो ?

काठमाडौँ– मलाई बोल्न दे सरकार, गणतन्त्र कहाँ छ, कसैलाई थाहा