विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए « Khabarhub

विश्वभर एक दिनमा १२ लाख कोरोना संक्रमित थपिए


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर एक दिनमा करिब १२ लाख कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरको विवरणअनुसार पछिल्लो २४ घण्टामा ११ लाख ७६ हजार ९१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

फ्रान्समा २ लाख १९ हजार, बेलायतमा एक लाख ६२ हजार, अमेरिकामा १ लाख ६१ हजार, इटली एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ ।

यही अवधिमा ४ लाख २२ हजार जना कोरोनामुक्त भएका छन् भने ३ हजार ८१७ जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ८४७, पोल्याढडमा ५०५, अमेरिकामा २५७, बेलायतमा १५४, टर्कीमा १४५, मेक्सीकोमा १४३, इटलीमा १११ र फ्रान्समा ११ जना रहेका छन् ।

कोरोनामुक्त हुनेको संख्या बेलायतमा ५० हजार, फ्रान्समा ४३ हजार, जर्मनीमा ३५ हजार, रुसमा ३३ हजार, टर्कीमा २३ हजार र इटलीमा २० हजारभन्दा बढी छन् ।

यससँगै विश्वभर कोराना संक्रमितको कूल संख्या २८ करोड, ९६ लाख, ५३ हजार नाघेको छ । तीमध्ये २५ करोड ४१ लाख ११ हजारभन्दा बढी निको भइसकेका छन् भने ५४ लाख ५६ हजार जना संक्रमितको मृत्यु भइसकेको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : १२ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान