गण्डकी प्रदेशको नीति‘एक घर एक धारा’: मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

गण्डकी प्रदेशको नीति‘एक घर एक धारा’: मुख्यमन्त्री पोखरेल


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ‘एक घर एक धारा’ अवधारणा अनुरुप जनतालाई सफा पानी वितरण गर्ने प्रदेश सरकारले नीति लिएको जानकारी दिएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २०औँ वार्षिक साधारणसभाको शनिबार शुभारम्भ गर्दै उनले प्रदेशभित्र एक हजार ५०० खानेपानीका आयोजना सञ्चालनमा रहेको र ती मध्ये ४२२ आयोजना सम्पन्न भइसकेको बताए ।

गण्डकी प्रदेशमा अहिले रु तीन अर्ब ६८ करोड लागतका खानेपानी आयोजना सञ्चालन भइरहेको छ । सो अवसरमा मुख्यमन्त्री पोखरेलले सुन्दरपुर डाँडामा रहेको संस्थाको एक लाख लिटर क्षमताको ओभरहेड ट्याङ्कीको उद्घाटनसमेत गरेका थिए ।

कार्यक्रमका गैँडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले सुरक्षित खानेपानीको सन्दर्भमा उत्कृष्ट काम गरेको जलुकेले सरसफाइका क्षेत्रमा समेत थप कार्यक्रम गर्न सुझाव दिए ।

साधारणसभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले आर्थिक वर्ष २०७७-७८ मा संस्थाले रु ५५ लाख ८४ हजार १६६ बचत गर्न सफल भएको बताए । चालु आव २०७८-७९ मा संस्थाले रु दुई करोड २० लाख ११ हजार आम्दानी गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ७ : ५१ बजे

विद्यार्थीले तयार पारेका नागको चित्र टाँस्दै मटेरीवासी

पाल्पा- पाल्पाकाे रामपुर नगरपालिका–५ मटेरीस्थित रामपुर आधारभूत विद्यालयका विद्यार्थीले अष्टनाग

पहलगम आक्रमणका योजनाकार मारिए

श्री नगर – पहलगम आक्रमण भएको तीन महिनापछि आर्मीको पारा

भेरी नदीमा पानीको सतह बढ्यो, सतर्कता अपनाउन आग्रह

सुर्खेत– भेरी नदीमा पानीको सतह बढेको छ । भेरी नगरपालिका–१

अमेरिकामा बन्दुकधारीको आक्रमण : एक प्रहरीसहित चार जनाको मृत्यु

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा रहेको एक गगनचुम्बी महलमा भर्खरै भएको

काठमाडौंको नागपोखरीमा नागकाे पूजा (तस्बिरहरू)

काठमाडौं– श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी