अछामको बान्नीगढी जयगढ गाउँपालिकामा भूमिहीनको तथ्यांक संकलन सुरु « Khabarhub

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा भूमिहीनको तथ्यांक संकलन सुरु


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम – अछामको बान्नीगढी जयगढ गाउँपालिकामा भूमिहीन र अब्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन सुरु भएको छ ।

गाउँपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोवासीहरूको तथ्यांक संकलन गर्न आज (आइतबार) देखि ६ वडामा १२ जना सहजकर्ता परिचालन गरिएको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले जानकारी दिएका छन् ।

तथ्यांक संकलनको काम सकिएपछि जग्गा धनी प्रमाण पत्र दिइने अध्यक्ष खड्काले बताए । लामो समयदेखि अरुको जग्गामा घर बनाई बसोबास गरिरहेका तर जग्गाधर्नी पूर्जा नभएकालाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले एफएमडीसीको सहयोगमा अभियान थालिएको हो ।

आफ्नै कार्यकालमा विकास बजेट कटौती गरेर भए पनि भूमिहीनहरुलाई जग्गाधनी प्रमाणपत्र दिने उद्देश्यले काम गरिएको खड्काले बताए ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : १७ बजे

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान