‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’को उपाधि दिक्षालाई « Khabarhub

‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’को उपाधि दिक्षालाई


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौं बाफलकी दिक्षा केसी विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ को विजेता बनेकी छन् । शनिवार राजधानीमा भएको कार्यक्रममा उनले विधागततर्फको ‘ग्यालेक्सी जम्बो वासमती राइस लेडी विथ कम्प्यासन’को उपाधि पनि जितिन् ।

विजेता दिक्षाले सन् २०२२ मा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । आयोजक रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले यसै वर्षदेखि ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड’को विजेतालाई ‘मिसेस वर्ल्ड’मा सहभागी गराउने गरी फ्रेन्चाइजी मिलाइएकाले यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको पहिलो सहभागिता रहने बताए ।

प्रतियोगितामा अभिनेत्री उषा रजक ‘मिसेस नेपाल इन्टरनेसनल’ र पविता गिरी ‘एमएस इंटरनेसनल’ भए । उनीहरुले सन् २०२२ मा सिंगापुरमा हुने ‘मिसेस इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’मा सहभागिता जनाउनेछन् । उषाले ‘रियो मस्ट ट्यालेन्टेड’ र ‘सिजी सिमेन्ट मस्ट बोल्ड’को उपाधि पनि जितिन् ।

कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा सम्पन्न प्रतियोगितामा सुनीता लामा ‘मिसेस नेपाल वर्ल्ड फस्ट रनर्सअप’, राजश्री थापा ‘मिसेस नेपाल वर्ल्ड सेकेण्ड रनर्सअप’ र मनीता प्याकुरेल ‘मिसेस नेपाल वर्ल्ड थर्ड रनर्सअप’ भए ।

त्यसैगरी .माधुरी कर्ण ‘एआरएस डेन्टल क्लिनीक बेस्ट स्माइल’, ‘वाइवाइ डाइनामिक भ्यूअर्स च्वाइस’ र ‘प्रदेश २ उद्योग तथा पर्यटन मन्त्रालय मिसेस टुरिजम एम्बेसडर’, लक्ष्मी जोशी ‘आईएमई पे पब्लिक च्वाइस अवार्ड’, सोनु मगर ढुंगेल.‘रश्मीलाज फेसियल हाउस वेस्ट हेयर’, सुमिता लामा ‘नेपाल आइस वेस्ट र्‍‍याम्पवाक’ र ‘एन्ड पिक्चर्स मस्ट फोटोजेनिक’, माला सुनुवार ‘मालिका सेभिङ एन्ड क्रेडिट मस्ट इन्टलिजेन्ट’, ‘नारायणी अटो बिजीनेस मस्ट डिसिप्लेन्ड’, पवित्रा बानियाँ ‘हरपल फुड्स मिसेस कन्जीनियालिटी’, जयन्ती राई ‘सिल्कवेयर फेसन आइकन’, मनिता प्याकुरेल ‘असम वेस्ट पर्सनालिटी’, सुष्मिता खड्का ‘सफ्टी मस्ट व्युटिफल’, राजश्री थापा ‘क्वीक्स मस्ट कन्फिडेन्ट’, सुमित्रा पौडेल उप्रेती ‘काठमाडौं वल्र्ड स्कुल मस्ट क्रियटिभ’ र मोनिका न्यौपाने ‘होटल सिटी पार्क म्यानेजमेन्ट च्वाइस’को विजेता बने ।

प्रतियोगितामा सिएनएन हिरो तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमूख निर्णायक तथा अभिनेता राजेश हमाल, कोरियोग्राफर प्रशान्त ताम्राकार, नेपाल सुपर लिगकी अध्यक्ष अश्रेता कार्की चौधरी, नागरिक उड्डयन प्राधिकरणका अध्यक्ष राजकुमार क्षत्री र ब्राजिल नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष अखिल चापागाईं निर्णायक थिए ।

कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाएकी अभिनेत्री गौरी मल्ललाई ‘मानार्थ एमएस नेपाल’ उपाधिबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : ०१ बजे

प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, सविनाले फेसबुकमा दिइन् जन्मदिनको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश

नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने

काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समिति बैठक

चेल्सी एफएकपको फाइनलमा

लन्डन – एन्जो फर्नान्डेजको निर्णायक गोलको मद्दतले चेल्सीले लिड्स युनाइटेडलाई

सुकुम्बासी व्यवस्थापनमा प्रधानमन्त्री बालेनको ऐतिहासिक सक्रियता

काठमाडौं- नवनिर्वाचत सरकारका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सक्रियतामा सुकुम्बासी

न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह

बाजुरा– स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहलाई विभिन्न अधिकार भएपनि सङ्घीय