फागुन २१ देखि सुरु हुने झापा गोल्डकपको पाँचौँ संस्करण « Khabarhub

फागुन २१ देखि सुरु हुने झापा गोल्डकपको पाँचौँ संस्करण


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिए। विजेता टिमले नगद रु १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पाउने पत्रकार सम्मलेनमा जानकारी गराइयो ।

त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद रु २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद रु नौ हजार ९९९ पाउनेछन् ।

प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । प्रतियोगिता सञ्चालनको लागि रु एक करोड ४० लाख लागत अनुमान गरिएको छ । महासचिव पौडेलको नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ११ : ५० बजे

जेन्जी आन्दोलनमा घुसपैठ र षड्यन्त्र भयो, निष्पक्ष छानबिन हुनुपर्छ : एमाले महासचिव

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले भाद्र २३ र

विविधताको सम्मान र समान अधिकारबिना राष्ट्रिय एकता असम्भव : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधताको

चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

झापा– आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले गत आर्थिक वर्षमा चार

अदुवाले मूल्य पाएपछि खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा

हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–११ गन्जेडाँडाका ४६ वर्षीय तोईबहादुर कटवालको हत्या