ओमिक्रोन फैलन सक्छ, सतर्क रहनू : स्वास्थ्य मन्त्रालय « Khabarhub

ओमिक्रोन फैलन सक्छ, सतर्क रहनू : स्वास्थ्य मन्त्रालय


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ तथा नयाँ भेरिएन्ट ओमिक्रोन फैलन नदिन देशभरका स्थानीय तह, प्रदेश सरकार र स्वास्थ्य कार्यालयहरूलाई थप सर्तकता अपनाउन आग्रह गरेको छ ।

कोभिड महामारी व्यवस्थापनमा दुई वर्षदेखि भइरहेको अथक प्रयास र कटिबद्धताको उच्च कदरसहित महामारीको जोखिम अझै रहेकाले सबै निकाय सतर्क र पूर्वतयारीमा रहन आग्रह गरेको हो ।

कोभिड-१९ का केसहरु फेरि बढ्न नदिन विभिन्न उपायहरू थप प्रभावकारिताका साथ कार्यान्वयन गराउन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्य मापदणहरूको पूर्ण पालना, भिडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनेलगायतमा जोड दिनुहोला ।’

यस्तै, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई एन्टिजेन किटद्वारा परीक्षण गर्ने, परीक्षणको दायरा बढाउने, पहिचान भएका कोभिड–१९ का केसहरूको उचित व्यवस्थापनमा समन्वय र सहयोग गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ३ : ४९ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका