गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो : कुल आचार्य « Khabarhub

गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो : कुल आचार्य


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका आकांक्षी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमिकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।

‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन गर्नुस् । विधि विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौं,’ उनले भने, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुस् । हाम्रो तर्फबाट केही पनि रोकेका छैनौं । सहमति, वार्ताका लागि तयार छौं । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौं ।’ भ्रमका कुरा धेरै नफैलाउन उनले आग्रहसमेत गरे ।

कुनै कार्यकारी पदमा नरहेर पनि नेपाल र नेपालीको हितका लागि आफूले निरन्तर काम गरिरहेको उनले बताए । आचार्यले चाहेको बेला विदेशी मुद्रामै फिर्ता ल्याउन मिल्ने गरी एनआरएनहरूलाई डलर अकाउन्ट खोल्न नेपाल सरकारले ल्याएको योजनाको स्वागत गरे । उक्त योजनाबाट लाभान्वित हुन उनले एनआरएनहरूलाई आग्रह पनि गरे।

विमानस्थलमा गैर आवासीय नेपालीहरूका लागि एनआरएन डेस्क व्यवस्थित गर्ने, दोहोरो नागरिकता कार्यान्वयन गर्ने सवालमा पनि नयाँ वर्षमा प्रगति होस् भन्ने उनले कामना गरे।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ४० बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा