गोरखामा कृषि तथा व्यापार मेला शुरु « Khabarhub

गोरखामा कृषि तथा व्यापार मेला शुरु


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा चेम्वर अफकमर्स गोरखाद्वारा आयोजना गरिएको कृषि तथा व्यापार प्रवर्द्धन मेला २०७८ को नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आइतबार उद्घाटन गरेका छन्। यही पुस २७ गतेसम्म चल्ने उक्त मेलाको उद्घाटन गर्दै अध्यक्ष मल्लले मुलुकको ६६ प्रतिशत जनसंख्या कृषिमा आश्रित रहेको र कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको ३० प्रतिशतभन्दा बढी योगदान हुनाले कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिइनुपर्ने बताए।

कृषिमा परम्परागत पद्धतिले उत्पादकत्व नवढ्ने भएकाले व्यावसायीक कृषिको प्रवद्र्धन हुनु अतिआवश्यक रहेको र यसलाई निजी क्षेत्रले उद्योगको रुपमा अघि वढाउनुपर्ने बेला आइसकेको उनको भनाइ छ । ्

गोरखा नाम नै बिश्व प्रशिद्ध व्राण्ड भएकोले अर्गानिक वस्तुहरुको उत्पादनमा प्राथमिकता दिई कृषि पर्यटनलाई प्रवद्र्धन गर्न आग्रह गरे। गोरखा जिल्ला प्राकृतिक बिबिधतायुक्त जिल्ला भएकोले जडीबुटी खेतीको पनि प्रसस्त संभावना रहेको उनले बताए।

अध्यक्ष मल्लले अहिले बजारमा मौद्रिक तरलताको अभावले व्यावसायीहरुलाई कठिनाइ भइरहेको भन्दै बैकले वेस रेटमा लिने सेवा शुल्कको दर पनि वृद्धि गरेकोले व्यवसायीहरुलाई झन मर्का परेको बताए।

उक्त अवसरमा गोरखा चेम्वर अफ कमर्सका अध्यक्ष तथा कार्यक्रमका सभापति भाईचन्द्र श्रेष्ठले गोरखा जिल्ला प्राकृतिक बिबिधता भएको क्षेत्र भएकोले कृषि उत्पादनका लागि संभाव्य क्षेत्र भएको बताए। उनले स्थानीय कृषि उत्पादनको बजारीकरण हुन सकेमा व्यावसायीक उत्पादनका लागि स्थानीय किसान आकृष्ट भन्दै मेला आयोजना गरिएको बताए।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ९ : ४५ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच