विश्वभर कोरोना निको हुनेको सङ्ख्या ३० करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना निको हुनेको सङ्ख्या ३० करोड नाघ्यो


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर कोरोना भाइरसको सङ्क्रमण निको हुनेको सङ्ख्या ३० करोड नाघेको छ। पछिल्लो २४ घण्टामा २६ लाख ७० हजार सङ्क्रमित निको भएका छन्।

एक दिनमा करिब २७ लाखले कोरोना जितेसँगै यो सङ्ख्या ३० करोड १५ लाख ३७ हजार ७ सय ९२ पुगेको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

यस्तै २७ लाख ४८ हजार नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३८ करोड १६ लाखभन्दा धेरै भएको छ। जसमध्ये ५७ लाख २ हजारभन्दा धेरैको भने मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै १० हजार ५ सय ४८ जना सङ्क्रमितको मृत्यु भएको छ। अझै पनि विश्वभर ७ करोड ४४ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा ९२ हजारको अवस्था जटिल रहेको छ। बाँकीको अवस्था सामान्य रहेको छ।

सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा मात्रै ७ करोड ६४ लाखमा कोरोना सङ्क्रमण पुष्टि हुँदा ४ करोड ६६ लाख निको भएका छन्। ९ लाख १२ हजारको भने कोरोनाले मृत्यु भएको छ।

त्यहाँ २४ घण्टामा मात्रै २ लाखभन्दा धेरै सङ्क्रमित थपिँदा ३ लाख ८ हजार निको भएका छन्। २ हजार ३ सयको भने मृत्यु भएको छ। अझै पनि २ करोड ८ लाख सक्रिय सङ्क्रमित रहेको अमेरिकामा २२ हजारको अवस्था जटिल रहेको र बाँकीको सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ।

के छ नेपालको अवस्था ?
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो।

त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ।

मन्त्रालयका अनुसार मंगलबार ९ जनाको ज्यान गएको छ। ८ हजार २६७ जना डिस्चार्ज भएका छन्।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ५ : ४२ बजे

भृकुटीमण्डपमा फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा खाद्य तथा पेय पदार्थ र आतिथ्य क्षेत्रका

सडक विस्तारको मौका छोपेर घरभाडा वृद्धि नगर्न अनुरोध

वीरगञ्ज– वीरगञ्ज महानगरले सडक विस्तारका क्रममा यहाँको मुख्य सडकको भवन

सुकुम्बासी र हुकुमबासी सरकारले पहिचान गरोस् : हरि रोका

काठमाडौं- सरकारले सहरका सुकुम्बासी व्यवस्थापन गर्न लागेको चर्चा छ ।

प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको खुलापत्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहलाई द्वन्द्वपीडित समुदायले  खुला आह्वान पत्रमार्फत सङ्क्रमणकालीन

दुर्गम सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं– दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई