विश्व इतिहासमा आज के के भएको थियो ? | Khabarhub Khabarhub

विश्व इतिहासमा आज के के भएको थियो ?


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व इतिहासमा फेब्रुअरी २ अर्थात् आजका दिन धेरै घटना भएका थिए। त्यसमध्ये केही महत्वपूर्ण घटनालाई समेटिएको छ। आजको दिन विश्वमा भएका महत्वपूर्ण घटनाहरुः

  • सन् १९३९ फेब्रुअरी २, आजकै दिन हंगेरी सोभियत संघबाट अलग भएको थियो।
  • सन् १९३३ मा आजको दिन अडोल्फ हिटलरले जर्मनीको चान्सलर भएको दोस्रो दिनमा जर्मनीको संसद विघटन गरेका थिए। यही घटनाबाट हिटलरको तानाशाहको सुरुवात भएको मानिन्छ।
  •  सन् १९४२ आजैका दिन अमेरिकाले दोस्रो विश्वयुद्धको लागि व्यावसायिक अटो कारखानालाई हातहातियार बनाउन निर्देशन दिएको थियो।
  • आजैका दिन सन् १९९० मा जातीय पृथकीकरणको दक्षिण अफ्रिकी रंगभेद प्रणाली विघटन भएको थियो। तत्कालीन दक्षिण अफ्रिकाका राष्ट्रपति डी क्लर्कले अफ्रिकी नेसन कांग्रेस (एएनसी) को राजनीतिक संगठनको प्रतिबन्ध हटाउने र नेल्सन मण्डेलालाई रिहा गर्ने घोषणा गरेका थिए।
  • सन् १९४३ मा आजको दिन जर्मनका नाजी सशस्त्र बलले स्टालिनग्रादमा सोभियत संघसँगको युद्धमा आत्मसमर्पण गरेका थिए। २३ जनरल, २ हजार अधिकारी र कम्तिमा १ लाख ३० हजार नाजी सशस्त्र बलले आत्मसमर्पण गरेपछि स्टालिनग्रादको युद्ध समाप्त भएको थियो। युद्धमा जर्मन पराजित भएपछि यसले दोस्रो विश्वयुद्धमा नयाँ मोड लिएको थियो।
  • सन् १८४८ फेब्रअरी २ अर्थात् १७४ वर्ष अगाडि आजैका दिन अमेरिका र मेक्सिकोले ग्वाडालुपे सन्धिमा हस्ताक्षर गरेर ४ वर्षको लामो युद्धको अन्त्य गरेको थियो।
  • सन् १९६६ मा आजको दिन पाकिस्तानले कास्मिरको विषयमा छ बुँदे एजेन्डासहित भारतसँग मन्त्रीस्तरीय वार्ताको प्रस्ताव राखेको थियो। सन् १९६५ को अप्रिलदेखि भारत र पाकिस्तानबीच जमु, कास्मिरको विषयलाई लिएर युद्ध भएको थियो।
  • सन् २००८ मा आजको दिन माइक्रोसफ्टले याहुलाई प्रति शेयर ३१ डलर दिने अवांञ्छित प्रस्ताव राखेको थियो। इन्टरनेट विज्ञापन बजारमा गुगलको प्रभुत्वलाई चुनौति दिन माइक्रोसफ्टले याहुलाई भइरहेको शेयरको मूल्यभन्दा धेरै मूल्य दिएको थियो। पछि माइक्रोसफ्टले याहुको शेयरलाई ५० अर्ब अमेरिकी डलरमा मे महिनामा खरिद गरेको थियो।
  • सन् १९२२ मा आजको दिन जेम्स जोयसले लेखेको “युलिसिस“ नामक उपन्यास प्रकाशित भएको थियो। सो उपन्यासलाई आधुनिकतावादी साहित्यको सबैभन्दा महत्त्वपूर्ण कृति मानिन्छ।
  • सन् २००९ आजको दिन अफगानिस्तानमा एक तालिवानीले प्रहरीको वर्दी लगाएर प्रहरी तालिम केन्द्रभित्र आत्मघाति आक्रमण गर्दा २१ अधिकारीको मृत्यु भएको थियो।
  • सन् २०१३ मा आजको दिन फ्रान्सको सांसदले समलिङ्गी विवाहलाई स्वीकृति दिइएको थियो। संसदले फ्रान्सको विवाह सम्बन्धि कानुनमा विवाहलाई फेरी परिभाषित गर्दै समलिङ्गी विवाहलाई पनि मान्यता दिएको थियो।

यी थिए, आजको दिन विश्व इतिहास भएका मुख्य घटनारु। यसबाहेक अरु धेरै घटना भएका हुनसक्छन्। केही महत्वपूर्ण घटना तपाईंलाई थाहा भए कमेन्टमा समेट्न सक्नुहुन्छ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ७ : २४ बजे

आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २४ गते बिहीबार तदनुसार

सुनसरीको एक उद्योगमा आगलागी

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने बाह्य उडानतर्फको इन्धनको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग