भरतपुरमा भूमिको निस्सा वितरण « Khabarhub

भरतपुरमा भूमिको निस्सा वितरण


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर – तवनको भरतपुर महानगरमा लालपुर्जा वितरण प्रक्रियाका लागि भूमिको निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग चितवनको सहकार्यमा भरतपुर महानगर १४ शिवनगर वडा कार्यालय परिसरबाट निस्सा वितरण सुरु गरिएको हो ।

भरतपुर महानगरकी प्रमुख रेनु दाहाल, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष बद्री तिमिल्सिना, वडा नं १४ का अध्यक्षसहितको टोलीले निस्सा वितरण गरे । पुर्जा वितरणको अन्तिम प्रक्रियाका लागि नापीको पनि काम सुरु भएको तिमिल्सिनाले जानकारी दिए। जिल्लाका तीन स्थानीय तहमा लालपुर्जा वितरणका लागि प्राविधिकसहितको टोली वडा वडामा खटिएको छ ।

लालपुर्जा वितरण चाँडै गरिने अध्यक्ष तिमिल्सिनाले बताए। आयोगले भरतपुर महानगरपालिकाको ६ तथा कालिका नगर र माडी नगरका तीन–तीन वडाबाट पहिलो चरणमा काम सुरु गरेको हो । भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ०० बजे

त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड

कैलाली– चाडपर्व तथा घरायसी कामका लागि घर फर्केकाहरू पुनः रोजगारीका

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

टक्सार– विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका