एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन स्थगित « Khabarhub

एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन स्थगित


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – २३ माघका लागि तय भएको नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।

एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले कोरोना भाइरसको संक्रमणका कारण अधिवेशन स्थगित गरिएको बताए ।

‘पहिले हिमपातले अधिवेशन हुन सकेन । अहिले कोरोना बढेकाले यो अवस्थामा प्रतिनिधि आउन नसक्ने भएपछि स्थगित गरिएको हो,’ उनले भने ।

एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेको थियो । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको छ ।

बुमीद्वारा जारी निर्देशनमा कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटीका नेतासँग अनौपचारिक सल्लाह गरी अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएको उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ०८ बजे

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय