एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन स्थगित « Khabarhub

एमाले हुम्लाको नवौँ जिल्ला अधिवेशन स्थगित


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट – २३ माघका लागि तय भएको नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।

एमाले हुम्लाका कार्यवहाक अध्यक्ष ज्ञामी बुमीले कोरोना भाइरसको संक्रमणका कारण अधिवेशन स्थगित गरिएको बताए ।

‘पहिले हिमपातले अधिवेशन हुन सकेन । अहिले कोरोना बढेकाले यो अवस्थामा प्रतिनिधि आउन नसक्ने भएपछि स्थगित गरिएको हो,’ उनले भने ।

एमाले केन्द्रीय कार्यालयले यसअघि ३ माघमा निर्देशन जारी गर्दै २३ माघका लागि अधिवेशन तय गरेको थियो । सरकारले पनि सभा सम्मेलन नगर्न निर्देशन दिइसकेको छ ।

बुमीद्वारा जारी निर्देशनमा कोरोना संक्रमणको अवस्थालाई ध्यानमा राखेर पार्टीका जिल्ला कमिटीका नेतासँग अनौपचारिक सल्लाह गरी अर्को सूचना नभएसम्मका लागि जिल्ला अधिवेशन स्थगित भएको उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ०८ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले