चार रुटमा ललितपुर महानगरको सिसिटिभी क्यामेरा « Khabarhub

चार रुटमा ललितपुर महानगरको सिसिटिभी क्यामेरा


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपाकिालले स्मार्ट सडक बत्ती जडान भएका चारवटा रुटमा सिसिटिभी क्यामेरा जडान गर्ने भएको छ ।

महानगरले बाग्मती पुलबाट जावलाखेल–लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटल, पाटन ढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार–लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म ६६९ वटा स्मार्ट सडक बत्ती जडान गरिसकेको मेयर चिरीबाबु महर्जनले जानकारी दिए ।

उनका अनुसार दोस्रो चरणअन्तर्गत चक्रपथ बाहिरका खोकना, बङमती, हरिसिद्धी, सुनाकोठी, धापाखेलमा स्मार्ट सडक बत्ती जडानको काम सुरु हुँदै छ । ललितपुर महानगरभित्र पर्ने चक्रपथमा पनि स्मार्ट सडक बत्ती जडानको तयारी भइरहेको उनले जानकारी दिए ।

महानगरले स्मार्ट सडक बत्ती र सिसिटिभी क्यामेरा जडानलाईसँगसँगै अघि बढाउने छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १२ : ४५ बजे

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)