भरतपुर अस्पतालमा बिहिबारबाट नियमित सेवा « Khabarhub

भरतपुर अस्पतालमा बिहिबारबाट नियमित सेवा


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन–कोरोना सङ्क्रमण बढेसँगै बन्द गरिएका भरतपुर अस्पतालको सेवा पुनः सञ्चालन गरिने भएको छ । अस्पतालले स्थगित गरेको ओपिडी सेवा र नियमित शल्यक्रिया यही बिहीबारबाट पुनः सञ्चालन गर्न लागेको हो । माघ ९ गतेदेखि यी सेवा स्थगित गरिएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलका अनुसार कोरोना जोखिमका कारण बन्द गरिएको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । उनले भने, ‘अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको चाप घटेसँंगै स्थगित गरिएका सेवा सञ्चालन गर्न लागिएको हो ।’

चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने क्रम बढेपछि अत्यावश्यक सेवाका लागि जनशक्ति कम भएकाले यी सेवा स्थगित गरिएको थियो । कोरोना कहरपछि शल्यक्रिया नगरेपनि हुने खालका बिरामीलाई सेवा बन्द गरिएको थियो । यसैगरी बहिरङग सेवामा चाप बढेपछि अस्पतालले बिहान ८.३० बजेबाट ओपिडि सेवा सञ्चालन गर्दै आएको थियो ।

अस्पतालले एक सूचना प्रकाशन गरी कोरोना सङ्क्रमणको जोखिम अझै कायम रहेको हुँदा अस्पतालमा सेवा लिन आउने सेवाग्राहीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई पूर्णपालना गर्न आग्रह समेत गरेको छ । अस्पतालमा हाल ४१ जना सङ्क्रमित भर्ना भएर सेवा लिइरहेका छन् ।

अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो केन्द्रीय अस्पताल हो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  २ : ३० बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र