जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने « Khabarhub

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।

कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज यसबारेमा जानकारी दिँदै कोभिड– १९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बन्द गरेका सेवा पनि यही २० गते बिहीबारदेखि आलोपालो प्रणालीबाट दिइने बताइन् ।

आलोपालो प्रणाली अनुसार आइतबार, मङ्गलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने उनले जानकारी दिइन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ०० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी