काठमाडौँका अतिक्रमित स्थान खाली गराउन मन्त्री एक्सनमा « Khabarhub

काठमाडौँका अतिक्रमित स्थान खाली गराउन मन्त्री एक्सनमा


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहरी विकास मन्त्रालयले काठमाडौँका अतिक्रमित सडकपेटी खाली गराउने अभियान सुरु गरेको छ ।

बुधबार धोबीखोला क्षेत्रको अतिक्रमित सडकपेटी खाली गराउन मन्त्री रामकुमारी झाँक्री आफैँ सडकमा उत्रिएकी हुन् । मन्त्री झाँकीसहितको टोलीले अतिक्रमित सडकपेटी खाली गराएको छ ।

टोलीमा महानगरीय प्रहरी, काठमाडौँ नगर प्रहरी, मन्त्रालयका कर्मचारीलगायत सहभागी थिए । नियन्त्रणमा लिइएका सामान गुहेश्वरीमा रहेको खाली जग्गामा राखिने र सम्बन्धित व्यक्ति लिन आए एक पटकलाई फिर्ता दिने पनि मन्त्रालयले जनाएको छ ।

१५ दिनअघि नै मौखिक सूचना दिए पनि अटेर गरेपछि फिल्डमा आएर खाली गराउनु परेको मन्त्रालयले जनाएको छ । धोबिखोला कोरिडोरअन्तर्गत चुनिखेलसम्मकै दायाँबायाँको सडकपेटी छिट्टै अतिक्रमणमुक्त हुने मन्त्री झाक्रीले बताइन् ।

अब यो अभियान सबै अतिक्रमित सडकपेटीहरूमा पनि सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ३ : ०५ बजे

कांग्रेस महाधिवेशनमा सीता गुरुङ महामन्त्रीको उम्मेदवार

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा