जसले आफ्नै टाउकोमा गोली भएको २० वर्षपछि थाहा पाए « Khabarhub

जसले आफ्नै टाउकोमा गोली भएको २० वर्षपछि थाहा पाए


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिव २० वर्षअघि उनको खप्परभित्र पसेको खुलासा भएको छ । सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्दथ्यो । पछिल्लो समयमा उनलाई झनै बढी टाउको दुख्न थालेको थियो ।

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टाउको दुखेको हुन सक्ने अनुमान गरे । तर, टाउको दुखाईको कारण उनी रातभर सुत्न सकेनन् । अन्त्यमा उनलाई अस्पताल नगई सुखै भएन । अस्पतालका चिकित्सकले उनको टाउको दुख्नुको अनौठो कारण पत्ता लगाए ।

एमआरआई गरेपछि सेनझेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको वायाँ भागमा अनौठो बस्तु फेला पारे । नजिकबाट जाँच गर्दा सो बस्तु धातुको गोली भएको खुलासा भयो । सो गोली उनको खप्परभित्र कसरी पस्यो भन्ने बारेमा अस्पतालका कर्मचारीले उनका अभिभावकलाई सोधेको थियो ।

करिब ८ वर्षको हुँदा उनी र उनका भाई घरमा एयर गन खेलिरहेका थिए । गोली अकस्मात पड्किदा उनको टाउकोको खोपडीभित्र पसेको थियो । टाउकोमा गोली लागेको थाहा पाएर बाबुआमाले गाली गर्ने डरले उनीहरुले कसैलाई भनेनन् ।

तसर्थ, उनीहरुले केही भनेनन् । कपालले टाउकोको घाउ ढाक्दै गयो । अभिभावकले पनि केही थाहा पाएनन् । त्यतिबेला घाउ पनि खासै दुखेन् । गत महिना आकस्मिक शल्यक्रिया गरेर उनको टाउकोको गोली निकालिएको थियो । एजेन्सी

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १० : ०५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर