सदस्यसचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने « Khabarhub

सदस्यसचिवको विषयमा तीन संघले शान्तिपूर्ण आन्दोलन गर्ने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइइपीए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले सदस्यसचिवको विषयमा सर्वोच्च अदालतको ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गर्ने भएका छन् ।

सदस्यसचिवको विचाराधिन मुद्दामा छिटो भन्दा छिटो सुनुवाइ गर्न दबाब बढाउन भन्दै बिहीबार संयुक्तरूपमा शान्तिपूर्ण आन्दोलन गर्ने विज्ञप्तीमार्फत जनाएका छन् ।

विज्ञप्तिमा एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठ, नेपाल ओलम्पियन संघका अध्यष दिपक विष्ट र राखेप कर्मचारी संघबाट रंजन थापाले हस्ताक्षर गरेका छन् ।

सरकारले तत्कालिन सदस्यसचिव रमेशकुमार सिलवाललाई बर्खास्त गर्दै टंकलाल घिसिङलाई नियुक्त गरेको थियो । सिलवालले आफ्नो बर्खास्ती रोक्न र घिसिङको नियुक्ती खारेजीको माग गर्दै दायर गरेको मुद्दामा सर्वोच्चले अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

२८ माघमा सर्वोच्चले यस विषयमा सुनुवाइको पेशी तोकेको छ । राखेपमा सदस्यसचिव नहुँदा यसै वर्ष चीनमा हुने एसियन खेलकुद, नवौं राष्ट्रिय खेलकुद, १४औं दक्षिण एसियाली खेलकुद (साग) का साथै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी प्रभावित भएको विज्ञप्तिमा बताइएको छ ।

यस विषयमा छिटो निकास निस्किएमा खेलकुद गतिविधि पुनः चलायमान बनाउन सकिने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको एनएनआइपीए, नेपाल ओलम्पियन संघ र राखेप कर्मचारी संघले संयुक्तरूपमा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ९ : ५० बजे

सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन

सिरहा– यहाँको सिरहा नगरपालिका–१९ सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नं

माछा मार्न गएका एक पुरुष मृत भेटिए

गोरखा– माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका

यु–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग पराजित

काठमाडौं– १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग

आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार हुनेमा ढुक्क छु : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानलाई ट्रयाकमा ल्याउन