सीटीईभीटीका स्थगित परीक्षाहरू फागुन ६ गतेबाट हुने « Khabarhub

सीटीईभीटीका स्थगित परीक्षाहरू फागुन ६ गतेबाट हुने


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले स्थगित गरेका परीक्षाहरू सञ्चालन हुने भएका छन् ।

सीटीईभीटीले आज सूचना जारी गर्दै कोभिड–१९ का कारण स्थगित गरिएका परीक्षाहरू फागुन ६ गतेबाट सञ्चालन हुने जानकारी दिएको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र र नेपाल सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी परीक्षाहरू सञ्चालन गरिने पनि सीटीईभीटीले जनाएको छ ।

यसअघि, माघ महिनामा सुरु हुने भनिएका सबै परीक्षाहरू माघ १२ गते सूचना निकालेर स्थगित गरिएको थियो । परीक्षा स्थगित गरिएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका थिए । उनीहरूले निरन्तर विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका थिए ।

सीटीईभीटीले डिप्लोमा इन बालोमेडिकल इक्युप्मेन्ट इन्जिनियरिङ, प्रि–डिप्लोमा, डिप्लोमा/प्रमाणपत्रका वार्षिक/समेष्टरसहितका परीक्षाहरू स्थगित गरिदिएको थियो ।

अब यी सबै परीक्षाहरू सञ्चालन हुने जानकारी दिँदै सीटीईभीटीले तालिका पनि निकालेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ४ : २१ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र