कैलालीको धनगढीमा युवा–विद्यार्थीसँग प्रहरीको झडप

By खबरहब

February 02, 2022

कैलाली– कैलालीको धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत युवा–विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

राष्ट्रिय युवा संघ र अनेरास्ववियुले बुधबार संयुक्त रूपमा विरोध ¥याली निकालेका हुन् । सुदूरपश्चिमकोे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि युवा तथा विद्यार्थीले राँके जुलुस निकाल्न खोजेपछि प्रहरीले लाठी चार्ज गर्न खोज्दा झडप भएको हो ।

त्यसक्रममा ढुंगा लागेर वडा प्रहरी कार्यालय धनगढीका इन्चार्ज प्रहरी निरीक्षक गौरी जैसी र एक प्रहरी जवान सामान्य घाइते भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले बताए ।

प्रदर्शनकारीले प्रधानमन्त्री, मुख्यमन्त्रीको राजीनामा माग्दै नाराबाजी गरेका थिए । मूल्यवृद्धि तत्काल फिर्ता नलिइए थप सशक्त आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् ।