एमसीसी विकास परियोजना हो : एमाले उपमहासचिव ज्ञवाली « Khabarhub

एमसीसी विकास परियोजना हो : एमाले उपमहासचिव ज्ञवाली


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले एमसिसी एउटा विकास परियोजना मात्रै भएको बताउँदै सत्तारुढ गठबन्धनका नेताहरूले एमसीसी परियोजनालाई भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाएको आरोप लगाएका छन् ।

राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा बुधबार आयोजना गरेको ‘स्थानीय तह निर्वाचन, संवैधानिक व्यवस्था र अबको राजनीति’ विषयक बहसमा उपमहासचिव ज्ञवालीले सत्ता गठबन्धनका नेताहरुले एमसीसीमार्फत भूराजनीतिक द्वन्द्व निम्त्याइरहेको आरोप लगाए ।

‘अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ। यही बेला सत्तामा रहनुभएका नेताहरु जानी जानी एकखालको भू–राजनीतिक द्वन्द्व निम्त्याउदै हुनुहुन्छ,’ ज्ञवालीले भने ।

एमसिसी परियोजना एउटा विकास परियोजना भएको बताउँदै उनले त्यसलाई लिने कि नलिने नेपालको सार्वभौम संसदको, नेपालको राजनीतिक दलहरुको स्वेच्छिक रोजाइको विषय भएको बताए ।

‘त्यो विषयलाई लिएर हामी सुनिरहेका छौँ भर्चुअल मिटिङहरु भइरहेका छन् । विदेशीको एडभाइस लिनेखालका कुराहरु भइराखेका छन् । एउटा विकास परियोजनालाई जानिजानि भूराजनीतिक प्रतिस्पर्धाको विषय बनाउने काममा सत्ता गठबन्धनकै नेताहरु लागिरहनुभएको छ । सरकार क्लियर होस् । हाम्रो प्रष्ट मान्यता छ, यो विषय संसदमा आउनुपर्छ र, सार्वभौमसत्ता सम्पन्न सांसदहरुले यस विषयमा आफ्नो स्वविवेकले निर्णय गर्न पाउनुपर्छ ’ उनले भने ।

तथाकथित गठबन्धका कार्यदलहरूको अध्याँरो घेराभित्र राखेर यसलाई गिजोल्न खोजेको उनले आरोप लगाए ।

ज्ञवालीले स्थानीय तहको निर्वाचनमा एमाले एक्लै लड्ने स्पष्ट पारे । एमालेले गरेको कामको आधारमा निर्वाचनमा जानका लागि कसैको बैशाखी टेक्नुपर्ने अवस्था नरहेको उनको दाबी थियो ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  ८ : ०० बजे

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित

१४औँ कार्यसमितिले नै नियमित प्रक्रियाबाट १५औँ महाधिवेशन गर्छ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशमान सिंहले १४

रुसी संसदीय निर्वाचनका लागि मतदान सुरु

मस्को- रुसमा ४५० सदस्यीय तल्लो सदन ‘स्टेट डुमा’ चयनका लागि शुक्रबारदेखि