किसानलाई ३५ हजार माछाका भुरा वितरण « Khabarhub

किसानलाई ३५ हजार माछाका भुरा वितरण


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ – मत्स्य विकास केन्द्र मिर्मीले दुई पालिकाका किसानलाई ३५ हजार माछाका भुरा वितरण गरेको छ । स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिकाका किसानलाई माछाका भुरा वितरण गरिएको हो ।

किसानको मागका आधारमा माछाका भुरा वितरण गरिएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए । गण्डकी प्रदेशका ११ वटै जिल्ला कार्यक्षेत्र रहेको सो केन्द्रले पहिलो चरणमा स्याङ्जामा भुरा वितरण गरेको हो । उनले भने, ‘केन्द्रको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत भुरा उपलब्ध गराएका हौँ ।’

वालिङ नगरपालिकामा १९ माछापालक फार्मका किसानलाई १६ हजार माछाका भुरा वितरण गरिएको पशु शाखा वालिङका प्रमुख डा वसन्त अधिकारीले बताए । पोखरीको क्षमता हेरेर विभिन्न जातका माछाका भुरा उपलब्ध गराएको उनको भनाइ छ । ‘यसले व्यावसायिक उत्पादनमा जोड दिँदै माछामा आत्मनिर्भर बनाउने अभियानमा सहयोग पुग्ने छ ।’

केन्द्रले बिग हेड कार्प, सिल्भर कार्प, रोहु, नैनी जातका माछाका भुरा वितरण गरेको हो । माछापालन पछिल्लो समय व्यावसायिकरूपमा अगाडि बढेको वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताए । ‘माछापालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ, वालिङमा आवश्यक पर्ने माछा यहीँ उत्पादन गर्न सकिन्छ’, उनले भने ।

व्यावसायिक उत्पादनका लागि नगरपालिकाले यहाँका किसानलाई अनुदान तथा प्राविधिक सहयोग उपलब्ध गराउनुका साथै उत्पादित वस्तुको बजारीकरणका लागि पनि आवश्यक सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : ५९ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क