नारायणकाजी श्रेष्ठसँग विप्लवको भेटवार्ता « Khabarhub

नारायणकाजी श्रेष्ठसँग विप्लवको भेटवार्ता


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहायता (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएपछि नेकपा माओवादी केन्द्र विभाजन उन्मुख भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी अनुमोदनमा सहमति जनाएसँगै नेता नारायणकाजी श्रेष्ठलगायतका केही नेताहरुले पार्टीभित्रै तीब्र असन्तुष्टि जनाइरहेका छन् । एमसीसी सम्झौता अनुमोदन गर्ने पार्टीको निर्णयमा श्रेष्ठ पक्षधर सांसदहरू गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले फरक मत राखेका थिए। व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गरिएपछि नेता श्रेष्ठले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए।

उनै नेता श्रेष्ठसँग उनकैं निवास हात्तिवनमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले बुधबार बिहान भेट गरेका छन् । भेटमा के कुरा भयो भन्ने सार्वजनिक भइसकेको छैन।

पार्टी फुटाउने सुइको पाएपछि म‌ंगलबार प्रचण्ड नै श्रेष्ठनिवास पुगेर फकाउने प्रयास गरेका थिए।

त्यसको भोलिपल्ट विप्लवले भेटेसँगै उनीहरुबीच कार्यगत एकता हुने त होइन भन्ने आश‌ंका बढेको छ।

विप्लव नेतृत्वको नेकपाले पनि एमसीसी पास गरेर दलहरुले राष्ट्रघात गरेको आरोप लगाउँदै आएको छ ।

 

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १० : ४८ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ