अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत « Khabarhub

अभिनेत्री रेखा थापा राप्रपा केन्द्रीय सदस्यमा मनोनीत


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेत्री रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् ।

अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ श्रेष्ठले भने, ‘१४ जनामध्ये एक अभिनेत्री रेखा थापा पनि हुन् ।’

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् । महामन्त्रीमा पराजित भएकी थापालाई केन्द्रीय सदस्यमा मनोनय नगरिएको हो ।

मनोनीत हुनेमा थापासहित लिलादेवी श्रेष्ठ, विन्दु पौडेल, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन्।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ११ : ४२ बजे

थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुग्यो

थाइल्यान्ड – थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ