एमसीसी मुख्यालयद्वारा प्रतिनिधिसभाबाट अनुमोदित सम्झौता स्वीकार  « Khabarhub

एमसीसी मुख्यालयद्वारा प्रतिनिधिसभाबाट अनुमोदित सम्झौता स्वीकार 


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिका सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रतिनिधिसभाले गत सोमबार अनुमोदन गरेको एमसीसी सम्झौतालाई स्वीकार गरेको छ। 

एमसीसी मुख्यालयले एक विज्ञप्तिमा जारी गर्दै नेपालको संसद्ले अनुमोदन गरेसंगै परियोजना कार्यान्वयन गर्न मद्दत गरेको जनाएको छ। विज्ञप्तीमा एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको समेत उल्लेख गरेको छ। 

विज्ञप्तीमा नेपालको संसदले सम्झौता अनुमोदन गरेसंगै पाँच वर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका कामलाई प्रेरित गरेको जनाएको छ। 

एमसीसीले लोकतान्त्रिक मूल्य र आर्थिक समृद्धिका लागि नेपाललाई निरन्तर सहयोग गर्ने समेत विज्ञप्तीमा उल्लेख छ। आजै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेका थिए।

एमसिसी मुख्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता अनुमोदन गर्ने निर्णयमा नेपालले आफूलाई सधैँ एक सार्वभौम लोकतान्त्रिक मुलकुका रूपमा प्रमाणित गरेको छ।’ अनुमोदनसँगै पाँच वर्षमा परियोजना सम्पन्न हुनेतर्फ तयारीका लागि मद्दत गरेको पनि एमसिसीको भनाइ छ। ‘सम्झौता अनुमोदनले पाँचवर्षे परियोजना कार्यान्वयन गर्ने दिशामा भइरहेका काम जारी राख्न थप प्रेरित गरेको छ। परियोजनाले नेपालमा बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न सहयोग पुर्याउनेछ,’ एमसिसी मुख्यालयको विज्ञप्तिमा उल्लेख छ। नेपाल सरकार र एमसिसीबीच ०७४ भदौमा हस्ताक्षर भएको थियो। विद्युत् र सडक परियोजनाले नेपालका करिब ८० प्रतिशत जनतालाई लाभ पुग्ने एमसिसीको मूल्यांकन छ। नेपाल र अमेरिकाबीच ७५ वर्षको कूटनीतिक सम्बन्ध सम्झिँदै एमसिसीले यसबीचमा नेपालमा भएका विकास सहायता, प्रकोपको उद्धार, सहायता, स्वास्थ्य र शिक्षासँग सम्बन्धित कार्यक्रममार्फत अमेरिका सरकार र जनता नेपालसँगै उभिएको जनाएको छ। ‘अमेरिकाको नेपालसँगको सम्बन्ध एउटा सम्झौताभन्दा माथि छ, हामी लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक सम्पन्नताका लागि नेपाललाई निरन्तर सहयोग गर्नेछौँ,’ एमसिसीले भनेको छ। एमसिसी कार्यान्वयनका २० वर्षमा धेरै मुलुकमा गरिबी निवारणमा मद्दत पुगेको उसको दाबी छ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १ : १५ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ