इटालीले रुसी ग्यासमाथिको निर्भरतालाई घटाउने « Khabarhub

इटालीले रुसी ग्यासमाथिको निर्भरतालाई घटाउने


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालीले रुसी ग्यासमाथिको निर्भरतालाई घटाउँदै जाने भएको छ । इटाली सरकारले रूसको ग्यासमाथिको निर्भरतालाई कम गर्ने उपायको खोजी गरिरहेको प्रधानमन्त्री मारियो ड्रागीले संसदलाई जानकारी गराएका हुन् ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि यूरोपमा इन्धनको मूल्य वृद्धि हुने अनुमान भइरहेका बेला इटालीले रूसी इन्धनको विकल्पबारे अध्ययन गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ड्रागीले भने ‘सरकारले सम्भावित इन्धन सङ्कटबाट आउने अवस्थासँग जुझ्न निरन्तर अध्ययन गरिरहेको छ ।’

यूक्रेनमा रूसले आक्रमण गरेसँगै इटालीलगायतका यूरोपेली मुलुकमा इन्धनको मूल्य आकासिएको छ । इटालीको राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार इटालीमा प्राकृतिक ग्यासको मूल्यमा डिसेम्बरमा २९।१ प्रतिशतले बढेकोमा जनवरीमा यसमा थप वृद्धि भई ३८।६ प्रतिशत पुगेको छ । प्रारम्भिक तथ्याङ्कहरूले इन्धनको मूल्य आगामी दिनमा थप बढ्ने प्रक्षेपण गरेका छन् ।

ड्राघीका अनुसार इटालीले प्रयोग गर्ने प्राकृतिक ग्यासमध्ये ९५ प्रतिशत विदेशबाट ल्याइन्छ भने यसको ४० प्रतिशत रूसबाट आपूर्ति हुने गर्दछ । उनले भने “रूसबाट आयात हुने ग्यासमा कुनै अवरोध नआउने विश्वास व्यक्त गर्दै कुनै हालतमा आपूर्ति रोकिएमा यसको वैकल्पिक व्यवस्था गर्न सरकारले गृहकार्य थालेको छ ।”

इटालीमा बढ्दो गर्मीसँगै ग्यासको मागमा कमी आउने बताइएको छ । इटालीसँग अहिले २ं५ अर्ब क्युविक मिटर ग्यास भण्डारण अवस्थामा रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  १ : ४९ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक