अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड संक्रमण « Khabarhub

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोभिड संक्रमण


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड -१९ संक्रमण देखिएको छ । उनले मंगलबार आफूलाई कोभिड १९ संक्रमण देखिएको बताएका हुन् । उनले मंगलबारको परीक्षणबाट कोभिड-१९ देखिएको उनको आधिकारिक वेभसाइटमा उल्लेख गरिएको छ ।

हाल उनी सिड्नीस्थित आफ्नै निवासमा आइसोलेसनमा रहेको जनाइएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रधानमन्त्री मोरिसनले आफूलाई रुघाखोकीको लक्षण देखिएको र आगामी एक साता आराम गर्ने समेत जनाएका छन् ।

उनी गत साता सार्वजनिक कार्यक्रमहरुमा व्यस्त थिए । मंगलबार रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई सहयोगको घोषणा गर्ने समारोहमा पनि उनलाई खोकीले सताएको थियो । यसबाहेक मंगलबार नै उनले दक्षिण प्रशान्त क्षेत्रको मुलुक नउरुका राष्ट्रपति लियोनल एङ्गीमासँग सिड्नीमा भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : १२ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क