छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं, चितवन, बारा, दाङ र दार्चुलामा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको हो ।

काठमाडौं महा नगरपालिका–६ सरस्वतीनगरमा बा ६४ प १३९६ नम्बरको मोटरसाइकल मंगलबार बेलुकी दुर्घटना हुँदा दई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक ओखलढुंगा घर भएका ३० वर्षीय शिवराज कार्की र पैदलयात्री ओखलढुंगा हर्कपुर गाउँपालिका घर भएका ६१ वर्षीय दुर्गा बहादुर कार्की रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका शिवराजको हेल्पिङ ह्याण्ड अस्पताल चावहिलमा र दुर्गा बहादुरको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका–१३ गंगानगरमा बागमती प्रदेश ०३–००१ ह १३२५ नम्बरको अटो मंगलबार साँझ आफैँ पछाडी गुड्दा किचिएर एक जना १८ महिनो बालकको मृत्यु भएको छ ।

बाराको कोल्हबी नगरपालिका–६ अधन्वामा ना.६४ प ७२४ नम्बरको मोटरसाइकलको ठक्करबाट मंगलबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ८५ वर्षीया भोलिया देवी थरुनी रहेकी छन् ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको सूर्य अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ उखुबारीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट बुधबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही उपमहानगरपालिका–१५ थारुगल्ली बस्ने १८ वर्षीय अजय चौधरी रहेका छन् ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दाङकै गढवा गाउँपालिका–२ महादेवा पुलमा लु.२ च ७६८२ नम्बरको कार र रा.४ प ३४६१ नम्बरको मोटरसाइकल मंगलबार राति ठोकिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार राप्ती गाउँपालिका–६ सगरापुर बस्ने १० वर्षीया सन्धाय चौधरी छिन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुलाको व्याँस गाउँपालिका–४ मा से.२ त १७९९ नम्बरको ट्रली नजोडेको ट्याक्टर मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरमा सवार बझाङ चिर बित्थड गाउँपालिका–२ बस्ने २३ वर्षीय वीरेन्द्र खड्का छन् । ट्याक्टरले च्यापिएर घटनास्थलमै उनको मृत्यु भएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : ३१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका