जबर्जस्ती करणी आराेपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई पाँच दिनकाे म्याद थप « Khabarhub

जबर्जस्ती करणी आराेपमा पक्राउ परेका एमाले सांसद बानियाँलाई पाँच दिनकाे म्याद थप


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई बाँके प्रहरीले बुधबार पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबरजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको जानकारी दिए ।

बानियाँविरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । बाँके प्रहरी हिरासतमा रहेका बानियाँ मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखेको जनाएको छ ।

सांसद बानियाँले नेपालगञ्जको होटेलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडाैँबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  २ : ४० बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ