एसएस फाउन्डेशनद्वारा दोलखाका आठ विद्यालयलाई २१ सय झोला सहयोग « Khabarhub

एसएस फाउन्डेशनद्वारा दोलखाका आठ विद्यालयलाई २१ सय झोला सहयोग


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी, क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो

 उक्त  विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण भएको हो । कार्कीले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्नुहुने बताइएको छ ।

राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेशनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गरे  । फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ ।

फाउन्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसअघि एसएस फाउन्डेशनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : १८ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ