सन्तान प्राप्तिका लागि इशानेश्वरमा ठाडो बत्ती | Khabarhub Khabarhub

सन्तान प्राप्तिका लागि इशानेश्वरमा ठाडो बत्ती


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका–७  करापुटारस्थित  इशानेश्वर महादेव मन्दिरमा सन्तान प्राप्तिका लागि ६०० जनाले रातभरि जाग्राम बसेर उठेर ठाडो बत्ती बालेका छन् । 

लामो समयसम्म पनि सन्तान नहुँदा यहाँ शिवरात्रि पर्वमा रातभरि उठेर बत्ती बाल्दा सन्तान प्राप्ति हुनाका साथै अन्य मनोकामना पूरा हुने विश्वासले देशका विभिन्न ठाउँबाट आएका यतिका सङ्ख्याका महिलाहरुले  यहाँ उठेर ठाडो  बत्ती बालेको इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिए  । उनले भने , “लमजुङसहित  छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्की, बागलुङ, काठमाडौँ लगायतका जिल्लाबाट  भक्तजनहरु  आएका थिए । 

 समितिले एक हजार ३०० जनाका लागि उठेर ठाडो बत्ती बाल्ने व्यवस्था गरे पनि ६०० जनाले मात्र ठाडो बत्ती बालेको र बसेर ३०० जनाको लागि बत्ती बाल्ने व्यवस्था गरे पनि आठ हजारभन्दा बढीले बत्ती बालेको जनाएको छ । समितिका अनुसार ठाडो बत्ती बाल्नेका लागि रु ५०० र बसेर बाल्नेका लागि रु ३०० टिकटको व्यवस्था गरेको थियो । 

त्यस्तै, शिवरात्रि पर्वका दिन ६ लाख भक्तजनहरुले  शिव दर्शन गरेको समितिको अनुमान छ । समितिका अनुसार गत वर्ष ८०० जनाले ठाडो बत्ती बालेका जनाइएको छ । तनहुँ बन्दीपुर गाउँपालिका– ३ घर भई काठमाडौं बस्दै आएका सृजना पौडेलका अनुसार , “मैले वि सं २०७५ मा शिवरात्रि पर्वमा आएर ठाडो बत्ती बालेको थिए, अनि वि सं २०७६ मंसिर महिनामा छोरो जन्मियो । ” यस मन्दिरमा सन्तान प्राप्त र सन्तान भएपछि शिवरात्रिमा मन्दिरमा देखाउन आउनेको बर्सेनि भीड लाग्छ ।

सन्तान वा पुत्र पुत्री लाभको कामना गर्दै उनीहरूले रातभरि निराहार(पानीसमेत नखाई) सन्तानको इच्छा राखेर इशानेश्वर महादेव मन्दिर परिसरमा रातभर उभिएर बत्ती बाल्ने, सन्तान वा पुत्रलाभ भएपछि मन्दिरमा आएर महादेवलाई सन्तान देखाउने, विवाह भएको लामो समयसम्म सन्तानका साथै अन्य मनोकामना समेत पूरा हुने विश्वासले मेलामा ठाडो बत्ती बाल्नेहरूको घुइँचो लाग्छ, विशेषगरी महिलाहरूको बाहुल्यता देखिन्छ । रातभरि उभिएरै बाल्ने भएकाले यसलाई ‘ठाडो बत्ती’ भनिएको पुजारीहरू बताउँछन् ।

 ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्व बोकेको इशानेश्वर महादेवको मन्दिरलाई सन्तानेश्वर महादेवका रूपमा समेत चिनिन्छ । स्थानीय बासिन्दाका अनुसार तत्कालीन लमजुङका राजा वीरनारायण शाहले मन्दिर निर्माण गरेका थिए । प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई उक्त ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती छ । 

किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए । त्यतिबेलादेखि नै इशानेश्वर महादेवमा सन्तानको चाहना राख्ने नरनारीले ठाडो बत्ती (उठेर बाल्ने बत्ती) बाल्ने चलन चलेको समितिले जनाएको छ । यस मन्दिरलाई नेपालकै पशुपति मन्दिरपछि दोस्रो मन्दिरसमेत भन्ने गरिन्छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : २३ बजे

शहरी विकास विधेयकबारे उपप्रधानमन्त्री सिंह र भूमिव्यवस्था मन्त्रीबीच छलफल

काठमाडौं– शहरी विकास मन्त्रालयले तयार गरेको शहरी विकास विधेयकको ड्राफ्टका बारेमा

प्रधानमन्त्रीद्वारा स्पेन भ्रमणका उपलब्धिबारे संसद्लाई जानकारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभियामा सम्पन्न संयुक्त राष्ट्रसंघको

विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको सीईओमा सञ्जोग गुप्ता

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सञ्जोग गुप्तालाई प्रमुख कार्यकारी

‘सरकारमा रहँदा सुशासनको अभियानलाई गुणात्मक ढङ्गले अघि बढायौँ’

काठमाडौं– नेपाल कम्युनिष्ट पाार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी