कैलालीमा भारत सरकारको सहयोगमा निर्मित भवनको उद्घाटन « Khabarhub

कैलालीमा भारत सरकारको सहयोगमा निर्मित भवनको उद्घाटन


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारत सरकारको सहयोगमा कैलालीको धनगढीमा निर्मित नेपाल प्रहरी विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवनको उद्घाटन गरिएको छ ।

बुधबार भारतीय राजदूतावासका प्रथम सचिव श्री नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले भवनको उद्घाटन गरेका हुन् ।

चार करोड २२ लाख ६० हजारको लागतमा यी भवनहरूको निर्माण गरिएको दूतावासले जनाएको छ ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन अघि सारिएको ‘India@75 आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनाहरू मध्येको एक हो ।

सन् १९८५ मा स्थापना भएको यो विद्यालयमा हाल ६ सय ६५ विद्यार्थी अध्ययनरत छन् ।

समारोहमा कैलाली जिल्ला समन्वय समिति, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय तहका अधिकारीहरूको उपस्थिति थियो ।

सन् २००३ यता भारतले नेपालमा ५ सय २३ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । त्यस्तै, ४ सय ६७ वटा परियोजना सम्पन्न भइसकेका छन् ।

तीमध्ये कैलालीका ८ गरी सुदूरपश्चिम प्रदेशमा ३२ वटा परियोजना छन् ।

यसका साथै, भारतले कैलालीका लागि ८ वटा एम्बुलेन्स र ७ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिसकेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ३ : ३३ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क