कतैबाट प्रभावित नभई संस्था तथा लगानीकर्ताहरुको हितमा काम गर्नुहोस् : अर्थमन्त्री शर्मा « Khabarhub

कतैबाट प्रभावित नभई संस्था तथा लगानीकर्ताहरुको हितमा काम गर्नुहोस् : अर्थमन्त्री शर्मा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अर्थमन्त्री जनार्दन शर्माले कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई निर्देशन दिएका  छन् ।

बुधबार अर्थ मन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न आवश्यक नीति तयार गर्न सरकार रहेको भन्दै दबाबमा नपरी काम गर्न निर्देशन दिएका हुन्  ।

त्यस्तै उनले दिनको दिनमै खरिद बिक्री गर्न पाउने र सापटी लिएर पनि सेयर खरिद बिक्री गर्न पाउने व्यवस्था गर्न नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिए  । शर्माले नेपालमा अझै पनि सेटिङमा सेयर कारोबार र इन्साईडर ट्रेडिङ हावी भएको भन्दै यसलाई रोक्न निर्देशन दिएका छन्  । लगानी कर्ताको सुरक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले कार्यमा सबै एक भएर लाग्नुपर्ने धारणा राखे  । हाल सेयर बजारमा ११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट खाता होल्डर रहेको भन्दै अर्थमन्त्री शर्माले लगानीकर्ताको हितका लागि पुँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले धितोपत्र ऐनलाई समय सापेक्ष बनाउनु पर्ने बताए ।  केही कानुनमा सुधार गरेर पुँजी बजारको विकासका लागि बोर्डले काम गर्ने उनको  भनाई छ । उनले भने आफ्नै भवन आवश्यक भएको भन्दै सूचना प्राविधिको बलियो प्रणाली बनाउन जरुरी रहेको छ ।  त्यस्तै हमालले बजारमा हुनसक्ने चलखेल बुझ्न अटोमेटिक प्रणालीको विकास गर्नुपर्ने उल्लेख गरेका थिए

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : ४८ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता