तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’ « Khabarhub

तुलसीपुरमा हेरिरहुँ लाग्ने ‘जन्तीढुङ्गा’


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर- कुँदिएका जस्ता ढुङ्गाहरू देखिन्छन् । हजारौँ ढुङ्गा छन्, जति हेर्‍यो उत्ति हेरौँ लाग्छ । हिजोआज ती ढुङ्गा हेर्ने र टिकटक बनाउनेको घुइँचो लाग्छ ।

तुलसीपुर उप महानगरपालिका–१३ स्थित झाँक्री ढुङ्गा सामुदायिक वनमा रहेका ती हजारौँ ढुङ्गा कुदिएका जस्ता देखिन्छन् । त्यसलाई स्थानीयवासीले ‘जन्ती ढुङ्गा’ नाम दिएका छन् । त्यो ठाउँमा ‘जन्तीहरू बिलाएको’ भन्ने किंवदन्ती छ ।

कुँदिएका जस्ता देखिने ती ढुङ्गा जन्ती, दुलहा–दुलही रहेको स्थानीयवासी बताउँछन् । जन्ती बिलाएपछि त्यहाँ झाँक्री पनि गएको र उनी पनि त्यही बिलाएको भन्ने किंवदन्ती छ । “हामी सानै छँदा यो बाटो हिँड्नु हुँदैन, त्यहाँ जन्ती बिलाएको ठाउँ हो, त्यो बाटो हिँड्दा हामी पनि बिलाउँछौँ भनेर बूढापाकाले भन्नुहुन्थ्यो”, स्थानीयवासी ८० वर्षीय लीलाधर भट्टराईले भने, “त्यही भएर हामी यो बाटो हिँड्दैनथ्यौँ ।”,

त्यहाँ दुलही ल्याउन गएका जन्ती विश्राम गरेको र त्यही क्रममा बिहान भएपछि जन्तीहरूलाई कहाँ जाऊँ र के गरुँ भएपछि त्यही बिलाए भन्ने छ । यो कुरा अहिलेसम्म कहीँ पनि खुलेको छैन । यो ठाउँ पर्यटकीयस्थल बन्न सक्ने भएकाले यसको प्रचार आवश्यक रहेको भन्दै त्यहाँ वर्षेनी मेला लाग्ने गर्छ । प्रत्येक वर्ष शिवरात्रिमा मेला लाग्ने गरेको स्थानीयवासी जागेश्वर वलीले बताए । “यहाँको प्रचार–प्रसार गर्न सकियो भने पर्यटकीय हिसाबले ठूलो क्षेत्र बन्न सक्छ”, उनले भने “सोहीअनुसार हामीले प्रत्येक वर्ष शिवरात्रिमा मेला लगाउँछौं।”

तुलसीपुरको १३ र १४ को सिमाना अन्तर्गत झाँक्री ढुङ्गा सामुदायिक वनको डाँडामा त्यस्ता ढुङ्गा छन् । त्यहाँबाट रिहार जोड्ने सडक छ । यसले गर्दा पनि सहजै पर्यटक आउन सक्ने स्थानीयवासी मोहन पौडेलको भनाइ छ । “सडक लगभग बनेको छ, अब यो सडकलाई अलिकति व्यवस्थित बनाउनुपर्ने देखिन्छ”, उनले भने  “त्यत्ति गर्न सकिएमा यहाँ पर्यटकको घुइँचो लाग्छ ।” भ्यूटावर निर्माण गर्न सके दाङसहित छिमेकी जिल्लाका भू–भाग अवलोकन गर्न सकिन्छ ।

त्यस क्षेत्रमा पानीको समस्या छ । अहिले त्यहाँ हुमबहादुर वलीको अध्यक्षतामा जन्ती ढुङ्गा संरक्षण समिति गठन गरिएको छ । समितिले जन्ती ढुङ्गाको संरक्षण गर्छ । अहिले सो स्थानमा दुई साधु बस्दै आएका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ४३ बजे

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२