कैलाली काँग्रेस अधिवेशन : कोइराला समूहको समर्थन बमको प्यानललाई « Khabarhub

कैलाली काँग्रेस अधिवेशन : कोइराला समूहको समर्थन बमको प्यानललाई


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अन्तर्गत सभापति चयनका लागि हुने दोश्रो चरणको निर्वाचनमा कोइराला समूहले प्रकाश बम नेतृत्वको प्यानललाई सहयोग गर्ने भएको छ ।

बुधबार धनगढीमा बम र कोइराला समुहद्वारा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै कोइराला समूहले प्रकाश बम समुहलाई समर्थन गर्ने निर्णय गरेको जानकारी दिएको छ ।

कोइराला समुहका नेता ताथा पूर्व जिल्ला सभापति तथा पुर्व केन्द्रिय सदस्य चन्द्रशेखर भण्डारीले कांग्रेसलाई सहि दिंसामा लैजाने शक्ति बममा रहेको हुँदा उनलाई सघाउने निर्णय गरिएको बताए । जिल्लामा गुटको राजनीति गर्र्दै एक सहमुहलाई भित्तामा च्याप्न खोजिएको भन्दै उनले त्यसलाई चिर्नु आवश्यक रहेको बताए ।

कांग्रेस कैलालीको सभापतिका लागि भएको पहिलो चरणको निर्वाचनमा संस्थापन पक्षबाट नारायणदत्त भट्ट, प्रकाशबहादुर वम र शेखर कोइराला समुहबाट रामबहादुर कलेल विच प्रतिष्पर्धा भएको थियो ।

पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि सभापतिका लागि दोश्रो चरणमा प्रतिष्पर्धा हुने भएको हो । पहिलो चरणबाट नै पराजित भएका कोइराला समूहका उम्मेदवार रामबहादुर कलेलसहितको उपस्थितीमा बुधबार प्रकाश बमलाई सघाउने निर्णय गरेको जानकारी गराइएको हो ।

पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाश बलमे १ हजार १६९ मत पाएका थिए भने, नारायणदत्त भट्टले १ हजार ७२ मत पाउँदा कोइराला समुहका उम्मेदवार रामबहादुर कलेलले १ सय ९७ मत पाएका थिए । सभापतिका लागि हुने दोश्रो चरणको मतदानमा कोइराला समुहनै निर्णयक हुने देखिएको छ ।

संयुक्त पत्रकार सम्मेलनमा काँग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाह ‘मनु’ले पहिलो चरणमा पाएको मतले हौसला थपिएको र दोश्रो चरणमा प्रकाश बम समुहको जीत शुनिश्चित भएको बताए । अहिले पनि अर्को समुहबाट नेता कार्यकर्तालाई प्रलोभन र धम्की आइरहेका भन्दै त्यस्ता प्रलोभनमा नफस्न उनले आग्रह गरे । ‘हामी सजिलै विजयी हुन्छौं,’ मनुले भने, ‘कार्यकर्ताले विचारलाई चिनेका छन्, उहाँमा गुटको भावना छैन, संघर्ष गर्नेहरु इमान्दार कांग्रेसीजनलाई उहाँले एकठाउँमा ल्याउन सक्नु हुन्छ ।’

प्रकाश बलमे एक,डेढ बर्षअघि देखि नै सभापतिमा लड्ने भन्दै आफुसंग सल्लाह गरेको र उहाँलाई सोही समयमा आफुले समर्थन गर्ने वाचा गरेको उनले बताए । ‘बमलाई मैले पहिलानै वचन दिइसकेको थिएं,’ उनले भने, ‘म वचनमा बाँधिएको थिएं र उहाँलाई सहयोग गरे, सहयोग गर्दा मलाई पश्चाताप पनि छैन ।’

काँग्रेस कैलालीको निर्वाचनमा नारायणदत्त भट्टलाई संस्थापन पक्षले आधिकारिक उम्मेदवारका रुपमा अघि बढाएको थियो । भट्ट प्यानललाई कांग्रेस केन्द्रिय सदस्य, डाक्टर रणबहादुर रावल, जनक चौधरी, नृपबहादुर वड, शुशीला मिश्र भट्ट, जीवन राना लगायतका नेताले समर्थन गरेका थिए भने, प्रकाह बम प्यानलालाई निवर्तमान सभापनि नरनारायण शाह ‘मनु’ ले समर्थन गरेका थिए ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ६ : ४१ बजे

माघे संक्रान्तिका परिकार ‘सुपर फुड’

आज माघे संक्रान्ति पर्व । यो पर्व नेपाली समाजमा परम्परा,

शेरबहादुर समूहको नियन्त्रणमा रहेको कांग्रेसको वेबसाइटबाट हट्यो गगन, विश्व र फरमुल्लाहको नाम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्ष दाबी गर्दै आएको शेरबहादुर देउवा

कञ्चनपुर-कमला सडक विस्तार : पाँच वर्षमा ६९ प्रतिशत प्रगति

सिरहा– नेपाल सरकारको रूपान्तरणकारी गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला सडक खण्ड विस्तार

गाजामा स्वास्थ्य सेवा बन्द गर्न इजरायली सेनाको आदेश

एजेन्सी– सयुक्त राट्रसङघीय एजेन्सि युएनआरडब्लुएद्वारा संचालित स्वास्थ्य केन्द्रमा इजरायली सेनाले

गगन थापा पक्षीय कांग्रेस केन्द्रीय समितिको बैठक (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक