खोपको पहुँच बाहिर रहेका जनतालाई सहजीकरण गरौं : अध्यक्ष तिमिल्सिना « Khabarhub

खोपको पहुँच बाहिर रहेका जनतालाई सहजीकरण गरौं : अध्यक्ष तिमिल्सिना


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोभिड-१९ विरुद्धको खोप पहुँच बाहिर रहेका जनतालाई खोप लगाउन जनप्रतिनिधिले र राजनीतिक दलले सहजीकरण गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित ‘कोभिड-१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रमको उद्‌घाटन सत्रमा उनले १३ प्रतिशत नागरिकले खोप लगाउन नमानेको भन्ने रिपोर्ट आएको र केही पहुँच बाहिर रहेकाले जनप्रतिनिधिले पनि खोपको पहुँचमा ल्याउन सहयोग गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रिय सभामा चार वर्षे कार्यकाल बाँकी रहेका तथा नवनिर्वाचित सदस्यहरू सहभागी कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले भने, ‘करिब १३ प्रतिशत जनसंख्या खोप लगाउन नमानिरहेको भन्ने कुरा छ । यो भ्रमका कारणले हुन सक्छ। यसमा हामीले जनतालाई सचेत गराएर खोप अभियानमा सहभागी गराउन हामी जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहन्छ ।’

राष्ट्रिय सभामा निर्वाचित भएर आउनु भएका नयाँ सदस्यहरुलाई बधाई तथा स्वागत गर्दै अध्यक्ष तिमिल्सिनाले चैत्र मसान्तसम्म सरकारले सबै जनतालाई खोप लगाउने लक्ष्य लिएको बताउँदै त्यसलाई सफल बनाउन आ-आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरे ।

‘अब स्थानीय चुनाव आउँदैछ। पार्टीका कार्यक्रममा स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ,’ उनले भने , ‘राजनीतिक दलहरुले चुनावमा भोट माग्ने कामसँगै खोप लगाउनसमेत जनतालाई हात जोडेर अनुरोध गर्न म अनुरोध गर्दछु।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना, संघीय संसदको संयोजन र विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोगमा आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले चैत्र मसान्तसम्म १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाइ सकिने जानकारी गराउँदै कहीँ कतै खोपको पहुँच नपुगेको भए सरकारलाई जानकारी गराउन आग्रह गरे।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ८ : १५ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल