क्युवाका राजदूत मारिनद्वारा भक्तपुरका सम्पदाको अवलोकन « Khabarhub

क्युवाका राजदूत मारिनद्वारा भक्तपुरका सम्पदाको अवलोकन


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  नेपाल तथा भारतका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले आज भक्तपुर नगरपालिका क्षेत्रका ऐतिहासिक एवं विश्व सम्पदा सूचीमा रहेको सम्पदाको अवलोकन गरेका छन् ।

भक्तपुर नगरपालिका आएका उनलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए  ।

त्यसबीचमा क्युवाली राजदूत मारिनले क्युवा र नेपालबीचको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालले क्युवाप्रति देखाएको ऐक्यबद्धता र सदासयताका लागि अभार प्रकट गरे  ।

नेपालमा आफ्नो पहिलो भ्रमण भएको र नगरपालिकाले स्वागत गरेकामा खुसी व्यक्त गर्दै उनले समुन्नत समाज निर्माणका निम्ति क्युवा र नेपालको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

नगर प्रमुख प्रजापतिले नेपाल र क्युवाबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै क्युवाको साम्राज्यवाद विरोधी आन्दोलनमा नेमकिपाको ऐक्यबद्धता रहेको बताए  ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि समाजवादी देशबाट सिक्दै शिक्षामा शिशु स्याहारदेखि उच्च शिक्षा अध्ययनका लागि कलेज सञ्चालन गर्दै आएको जानकारी दिए  ।

भक्तपुर नगर प्रवेशका निम्ति गैरसार्क देशका लागि एक हजार ५०० र सार्क तथा चीनका नागरिकका लागि ५०० प्रवेश शुल्क लिने व्यवस्था रहेको र सङ्कलित रकमबाट भक्तपुरका  सम्पदा पुनःनिर्माण, संरक्षण तथा शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको उनले जानकारी गराए ।

राजदूत मारिनले भक्तपुरको दरबार क्षेत्र, सुनढोका, वत्सला मन्दिर र टौमढी क्षेत्रको स्थलगत अवलोकन गरेका थिए भने नगर प्रमुख प्रजापतिले राजदूत मारिनलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र र ख्वप इन्जिनियरिङको समेत अवलोकन गराएका थिए ।

नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षद्वय रवीन्द्र ज्याख्व र उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतले राजदूत मारिनलाई भक्तपुरको विकासको बारेमा जानकारी गराएका थिए  ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : १० बजे

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र

कांग्रेसले सरकारको ६ महिने कार्यसम्पादनमा ९ बुँदामा दियो शासकीय सुधारमा सुझाव र प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका नेता भीष्म आङदेम्बेले प्रतिनिधि सभाको बैठकमा बोल्दै

रसुवा बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकमा ट्रयाक खुल्यो, आवतजावत सुरु

काठमाडौं– रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्रयाक खोल्ने कार्य

विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

खेम सेन्चुरीको गीतमा विवादित शब्द हटाइने, साइबर ब्युरोको रोहबरमा टुंगियो विवाद

काठमाडौं– गायक खेम सेन्चुरीको पछिल्लो गीत ‘बाहुन बाजे किन कसेको’