क्युवाका राजदूत मारिनद्वारा भक्तपुरका सम्पदाको अवलोकन « Khabarhub

क्युवाका राजदूत मारिनद्वारा भक्तपुरका सम्पदाको अवलोकन


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–  नेपाल तथा भारतका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले आज भक्तपुर नगरपालिका क्षेत्रका ऐतिहासिक एवं विश्व सम्पदा सूचीमा रहेको सम्पदाको अवलोकन गरेका छन् ।

भक्तपुर नगरपालिका आएका उनलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए  ।

त्यसबीचमा क्युवाली राजदूत मारिनले क्युवा र नेपालबीचको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालले क्युवाप्रति देखाएको ऐक्यबद्धता र सदासयताका लागि अभार प्रकट गरे  ।

नेपालमा आफ्नो पहिलो भ्रमण भएको र नगरपालिकाले स्वागत गरेकामा खुसी व्यक्त गर्दै उनले समुन्नत समाज निर्माणका निम्ति क्युवा र नेपालको सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

नगर प्रमुख प्रजापतिले नेपाल र क्युवाबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै क्युवाको साम्राज्यवाद विरोधी आन्दोलनमा नेमकिपाको ऐक्यबद्धता रहेको बताए  ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि समाजवादी देशबाट सिक्दै शिक्षामा शिशु स्याहारदेखि उच्च शिक्षा अध्ययनका लागि कलेज सञ्चालन गर्दै आएको जानकारी दिए  ।

भक्तपुर नगर प्रवेशका निम्ति गैरसार्क देशका लागि एक हजार ५०० र सार्क तथा चीनका नागरिकका लागि ५०० प्रवेश शुल्क लिने व्यवस्था रहेको र सङ्कलित रकमबाट भक्तपुरका  सम्पदा पुनःनिर्माण, संरक्षण तथा शिक्षा र स्वास्थ्यमा खर्च भइरहेको उनले जानकारी गराए ।

राजदूत मारिनले भक्तपुरको दरबार क्षेत्र, सुनढोका, वत्सला मन्दिर र टौमढी क्षेत्रको स्थलगत अवलोकन गरेका थिए भने नगर प्रमुख प्रजापतिले राजदूत मारिनलाई भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप अस्पताल, छात्ती पुनःस्थापना केन्द्र र ख्वप इन्जिनियरिङको समेत अवलोकन गराएका थिए ।

नेमकिपा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, वडाध्यक्षद्वय रवीन्द्र ज्याख्व र उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, पर्यटन सूचना केन्द्रका प्रमुख गौतमप्रसाद लासिवा र प्रशासकीय अधिकृत दामोदर सुवाललगायतले राजदूत मारिनलाई भक्तपुरको विकासको बारेमा जानकारी गराएका थिए  ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ९ : १० बजे

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित