आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित « Khabarhub

आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ।

गएराति पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ताले दोस्रो जित दर्ता गरेको हो।

पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १ सय ३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टाएको हो।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित ७० रनको शानदार इनिङ खेले। कप्तान श्रेयस आयरले २६ रन बनाए भने साम विलिङ्सले अविजित २४ रन जोडे। पञ्जाबमा राहुल चाहरले दुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबका लागि लागि भानुका राजपाक्षे ३१, कागिसो राबडा २५, लियाम लिभिङस्टोन १९, शिखर धवनले १६ रन जोड्दा हारप्रित ब्रारले १२ रन मात्र बनाए।

कोलकत्ताका उमेश यादवले ४ विकेट हात पारेका छन् भने टिम साउथीले २ विकेट लिए।

यो जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ। पहिलो खेलमा कोलकत्ताले चेन्नईलाई हराएको थियो। दोस्रो खेलमा भने बैंगलोरसँग पराजित भएको थियो। कोलकोत्ता तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

 

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ६ : १४ बजे

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

काठमाडौं– सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलको