श्रीलङ्का संकट : कोलम्बोमा जारी कर्फ्यु हटाइयो « Khabarhub

श्रीलङ्का संकट : कोलम्बोमा जारी कर्फ्यु हटाइयो


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रीलङ्काको राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति जारी कर्फ्यु आदेश शुक्रवार बिहान हटाइएको छ।

राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। केही घण्टामै कर्फ्यु हटाइएको टाइम्सअफ इन्डियाले जनाएको छ।

चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावविरुद्ध बिहीबार आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ राखिएका छेकबारहरू भत्काउनुका साथै बसमा आगजनीसमेत गरेका थिए।

राष्ट्रपति गोटबय राजपक्षले हिंसात्मक आन्दोलन गर्नेलाई उग्रपन्थी तत्त्व भनेका छन्। पर्यटनले धानेको श्रीलङ्काको अर्थतन्त्र कोरोना महामारीपछि सङ्कटपूर्ण अवस्थामा पुगेको छ।

आर्थिक मन्दीपछि सडकमा उत्रिएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असीमित शक्ति प्रदान गरिएको छ ।

राष्ट्रपति राजापाक्षेले संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् ।

मूल्यवृद्धि आकासिएको छ भने दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङ भएको छ। कागजको अभावमा परीक्षा नै स्थगित गरिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ९ : ४८ बजे

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४

रास्वपा महाधिवेशन : रवि-बालेन दुवैले गर्नेछन् सम्बोधन 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन ७ गतेबाट चितवनमा हुँदै