पुटिनका कारण विश्वभर मूल्यवृद्धि भएको बाइडेनको आरोप « Khabarhub

पुटिनका कारण विश्वभर मूल्यवृद्धि भएको बाइडेनको आरोप


१९ चैत्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कारण विश्वभर मूल्य वृद्धि भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाएका छन् । युक्रेनमाथि रुसी हमलापछि ग्यासको मूल्य बढेका र यसकारण सबै वस्तुको भाउ अकासिएको उनको भनाइ छ ।

उर्जाको बढ्दो मूल्य व्यवस्थापन गर्नका लागि अमेरिकी रणनीतिक भण्डारबाट दैनिक दश लाख ब्यारेल तेल निकाल्न निर्देशन दिएसँगै बाइडेनको यस्तो भनाइ आएको हो ।

‘अमेरिकीहरूले पुटिनको ग्यासको मूल्यवृद्धिको असर पम्पहरूमा भोगिरहेका छन् ।’ बाइडेनले भने ।

उनले ट्विटरमा लेखेका छन्, ‘मलाई थाहा छ ग्यासको भाउ एकदमै पीडादायी छ । मेरो योजनाले अहिलेको पीडा कम गराई भोलि यसबाट जोगाउँछ । मसँग भएका सबै उपकरणको प्रयोग गरी पुटिनको मूल्यवृद्धिबाट तपाईँहरूलाई बचाउनेछु । र दलीय मतभेदलाई पन्छाउन म कांग्रेससमक्ष आह्वान गर्छु । यो समय सँगै भेटौँ ।’

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  २ : ४२ बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर