त्यो बेलाको काठमाडौँ स्वर्णभूमि जस्तै थियो | Khabarhub Khabarhub

त्यो बेलाको काठमाडौँ स्वर्णभूमि जस्तै थियो

‘एउटा नेता संकल्प लिएर आयो भने काठमाडौँ अझै राम्रो बनाउन सकिन्छ’



काठमाडौँ जस्ता मुख्य सहरको फेरिदो अवस्थाले राजधानीमै बस्ने विज्ञ, व्यक्तित्व र संरक्षणकर्मी चिन्तित हुन थालेका छन् । नेताहरू केवल भोटका लागि मनलाग्दी बोल्ने तर कार्यकाल सकिँदा केही नगरी बाहिरिने अवस्थाले पनि विज्ञहरूलाई चिन्तित तुल्याएको छ । ऐतिहासिक र कलाले सम्पन्न काठमाडौँको स्वरुप बिग्रदै जाँदा हरकोही चिन्तित हुनु पनि स्वभाविक हो । तर नयाँ नयाँ नेता र चुनावमा उठेका उम्मेदवारले कम्तीमा योजना पनि राम्ररी ल्याउन नसक्दा विज्ञहरू झन् चिन्तित छन्। यस्तै चिन्ता गर्नेमध्येका एक व्यक्तित्व हुन्, शिक्षाविद् केदारभक्त माथेमा । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति माथेमा जापानका लागि पूर्व नेपाली राजदूत समेत हुन् । शिक्षाविद्का रुपमा परिचित माथेमा राजनीतिक, सांस्कृतिक र वातावरणको विषयमा पनि चिन्तन गर्ने व्यक्तित्व हुन् । काठमाडौँको विकास, राजनीतिक खिचातानी र सांस्कृतिक महत्वबारे राम्रो इतिहास बोकेका माथेमासँग खबरहबका लागि डा. तारालाल श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंको बाल्यकाल कस्तो थियो ?

मेरो घर सानेपा हो । त्यहाँबाट बागमती तरेपछि ढुङ्गाले छापेको थियो । बाटोको दुवै छेउमा कल्की फूल फुल्दथ्यो । ठाउँठाउँमा पोखरी थिए । कमल फुलिरहेको हुन्थ्यो । टाङटुङ आवाज मन्दिरबाट आउथ्यो । सबै पैदल यात्री मात्र हुन्थे । त्यो बेलाको काठमाडौँ वास्तवमा स्वर्णभूमि जस्तै थियो ।

समयसँगै सबै परिवर्तन हुन्छ । तर यो परिवर्तन सन्तोषजनक भएन है ?

हामीले अरु देशहरूबाट धेरै कुराहरू सिक्नु पर्दछ । हामीले मोटर बाटो मात्र बनायौँ । मान्छेहरू हिड्ने र साइकल कुदाउने सडक बनाएनौँ । धेरै वर्ष पुराना रुखहरू काट्दा कसैले आवाज उठाएनन् । तर अरु देशमा भए नागरिकहरूले आवज उठाइ सक्थे ।

पश्चिमा विकासको मोडलहरू हाम्रा सहरमा धेरै प्रयोग भयो भन्न खोज्नु भएको ?

पुराना सोचाइहरूलाई त्याग्नु पर्दछ । मोटर हिड्ने बाटो सानो बनाएको छ । साइकल र फुटपाथ ठूलो बनाएको छ । पहिला आधा घण्टाको बाटो अफिस आउँदा ड्राइभ गर्दथे । अहिले अफिस भन्दा १० मिनेट नजिक बस्छन् । हिँडेर जाने र आउने अथवा साइक्लिङ गर्ने वातावरण नै छैन । किनकि मोटर बाइकले दुषित गरेको छ ।

बाल्यकालको साइकलसँगको अनुभव कस्तो छ ?

सबै भन्दा धनी मानिसहरूले मात्र साइकल चलाउँथे । त्यसकारण धेरै थिएन । मैंले साइकल सिक्दा ४० वर्षको थिएँ । त्यसबेला पनि सानेपाबाट ठमेलसम्म छोरालाई पछाडि राखेर हिँड्थे ।

त्यो बेलाको पैदल यात्रा कस्तो हुन्थ्यो ?

मैंले कृति कलेजमा पढाउन जाँदा सानेपाबाट हिँड्दै लगन, न्युरोड त्यहाँबाट माहाङकाल थान गएर पुगिन्थ्यो । गफ गर्दै ठाउँ ठाउँमा मन्दिर हुन्थ्यो । फर्किंदा पनि त्यसगरी फर्किन्थ्यो ।

कीर्तिपुरबाट दरबारमार्ग आइपुग्न कारमा झन्डै २ घण्टा लाग्छ । हिंडेर १ घण्टा लाग्छ । तर साइकलमा २० मनेट लाग्छ भने मान्छेहरू किन कार चढ्छन् ?

सरकारले साच्चै भन्ने हो भने जनताको सुविधाको बारेमा सोचेको छैन । खाली मोटर बाइक सिकौँ र पैसा कमाऔँ भन्ने मात्र सोचेको छ ।

हामी र हाम्रो नीति निमार्ताले यो कुरा बुझ्दैनन् ?

उहाँहरूले एकदमै ठिक बाटो राख्नु भएको छ । आज भन्दा २५ वर्ष अगाडि अर्थमन्त्रालयको प्रि–बजेट छलफलमा मैंले कुरा निकालेको थिएँ । तपाईंहरूले कार र मोटर बाइकहरूलाई मात्र प्रमोट गर्नुभयो । सार्वजनिक बसहरू राखेको भए सानो–सानो कार र मोटर बाइकहरूको आवश्यकता पर्दैनथ्यो । नीति निर्माणको तहमा बस्नेहरू धेरै हिँड्नु भएको छ । ठाउँठाउँ देख्नु भएको छ । तर काठमाडौँलाई बिर्गानु भयो ।

नेपालको सबैभन्दा ठूलो र जेठो विश्वविद्यालय जहाँ अहिले पनि ५ लाख बढी विद्यार्थी छन् । १६ हजार झन्डै अध्यापकहरु छन् । त्यति ठूलो संस्थाको उपकुलपति हुनुभयो । जुन नीति, निर्माता जन्माउने, प्रभाव पार्ने ठाउँ हो । प्राध्यापकहरू र उपकुलपतिहरूले पनि बाटो बिराउनु भएको हो ?

कुनै सम्पदा बिग्रिँदा होस् या बिगार्दा आवाज उठाउँदैन । त्यसैले हाम्रो प्राकृतिक सम्पदाहरूको संरक्षण गर्नुपर्छ भन्ने विषय पढाउने कुरामानै हाम्रो एउटा पुस्तकमा मात्र सीमित भयो कि भन्ने लाग्छ ।

हामीले पढेका कुराहरूमा पछाडि पर्‍यौं कि, व्यवहारिक पढाइमा केन्द्रित भएनौँ कि भन्ने विषयमा पहिला पनि खिन्नता बोध भएको थियो कि अहिले मात्र ?

हामीले जे पढाए पनि आफ्नो देशसँग सम्बन्धित हुन पर्दछ । अरुलाई चिनाउनुको लागि पहिला त आफूलाई चिनाउन पर्दछ । त्यो नभएर कोर्ष बुकमा मात्र सीमित भएको हो कि ? जति छलफल हुन पर्ने हो त्यो भएन कि ? यसलाई मिलाउनको लागि परीक्षा प्रणालीलाई सच्याउनु पर्ने हो कि ? पढाएको कुराहरू सम्झेर लेख्ने प्रणाली छ । आफ्नो विचार पोख्न सक्ने र समस्यालाई सुल्झाउने कुरा भन्ने सिकाएनौँ ।

हिँडेर १५ मिनेटमा पुग्ने ठाउँ ३ घण्टा लगाएर कारमा चढेर जानु हुँदैन भन्ने कुरा बुझाउन के गर्नु पर्ला ?

जापानमा एकचोटी टोकियो मेट्रो पोलिसीको गभर्नरले हामीलाई बोलाएको थियो । त्यसको तल भनिएको थियो भने तपाईंहरूले सक्नुहुन्छ भने सार्वजनिक यातायात प्रयोग गर्नुहोला । हामी पहिलादेखि नै आयातमा निर्भर भयौँ । यसले सजिलैसँग मोटर कारहरू ल्यायो । त्यसमा हाम्रो बानी बस्यो । हामी भारत भन्दा पनि बिग्रियौँ ।

गौतम वुद्धले ‘सबैभन्दा बढी दुःख गर, दुःखमा नै वुद्धत्व प्राप्त ज्ञान प्राप्त हुन्छ’ भनेका छन् । हामी त्यतातिर मतलबै गर्दैनौं है ?

गाउँघरमा हुर्केका बच्चाहरूले धेरै जिम्मेवारीहरू बोकेर आएको हुन्छ । त्यो पनि शिक्षा हो । तर हामी कहाँ कक्षामा गएर बसेपछि मात्र हुन्छ भनिन्छ ।

उपल्लो ओहोदाका मान्छेहरूले साइकल चडेको याद छ ?

पहिला त साइकलभन्दा पनि साझा बसको प्रयोग गरिन्थ्यो । त्योभन्दा पनि धेरै त हिँडेर नै आवतजावत गर्ने गरिन्थ्यो ।

स्थानीय तहको चुनाव नजिक छ । भोट कसलाई दिने, कसरी दिने र कस्तो नेतालाई दिने ?

जसले पार्क बनाउँछ । रूख रोप्छ । हिँड्नलाई ठाउँ बनाउँछ । शान्तिपूर्ण सहर बनाउँछ । त्यस्तो मानिसलाई भोट दिनु पर्दछ ।

काठमाडौँजस्तो सहर प्रदुषणमुक्त, ध्वनीमुक्त, कार वा बाइकमुक्त बनाउन सकिएला त ?

माथिका मान्छेहरूको सहमति चाहियो । सार्वजनिक यातायात राम्रो आउनु पर्‍यो । त्यसको लागि राम्रो योजनाहरू हुनुपर्‍यो । सार्वजनिक यातायात राम्रो भयो भने मोटर, कारहरू कम हुन्छ । यो सम्भव छ । एउटा राम्रो नेता संकल्प लिएर बनाउँछु भनेर आयो भने सक्छ ।

उम्मेदवारहरू कस्तो विचार बोकेर भोट माग्न हिँडे हुन्थ्यो जस्तो लाग्छ ?

उहाँहरूले म भवन बनाउँछु भनेर होइन, बुढाबुढी हिँड्ने बाटो फटाफट बनाउँछु, रूख रोप्छु । सडकमा रहेका अशक्त/अपाङलाई व्यवस्थापन गर्छु । बाटोमा रहेका कुकुरहरूलाई नियन्त्रण गर्छु भनेर आइदिए हुन्थ्यो ।

प्रस्तुती: पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार  १ : ४७ बजे

सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

चितवन – उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता, विजेतालाई ५० हजार

भक्तपुर – नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय

एनसेलमाथि प्रभावकारी नियमन गर्न सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले एनसेल आजियाटा लिमिटेडमाथि प्रभावकारी नियमन गर्न नेपाल

स्रोत नखुलेको रु ९२ लाखसहित तीन जना पक्राउ

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले स्रोत

एकीकृत उपचार पद्धतिमा जोड दिन सुझाव

काठमाडौं – ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था